जेठ ३० गते २०७८

हालसम्मकै उच्च विन्दुमा नेप्से, २० अर्ब बराबरको कारोबार

काठमाडौं, ३० जेठ ।

आइतबार नेप्से परिसूचकमा उछाल आएको छ । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ३८।३२ अंकले बढेर २९८३।११ विन्दुमा पुगेको हो । यो हालसम्मकै उच्च विन्दु हो । गत जेठ २५ गते २९६० दशमलव १४ विन्दुमा पुगेको थियो । सेयर बजारमा उछाल आएसँगै आज कारोबार रकम समेत हालसम्मकै उच्च भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक उच्च विन्दुमा पुग्दा झण्डै २० अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ ।

नेप्सेका अनुसार यस दिन दुई सय २० कम्पनीको एक लाख ८२ हजार ४३० पटकको व्यापारमा तीन करोड ७० लाख ७६ हजार ४३९ कित्ता सेयरको खरिदबिक्री हुँदा १९ अर्ब ५५ करोड १ लाख ६६ हजार ६३६ रुपैयाँ बराबरको कारोबार भएको छ ।