माघ १८ गते २०७७
बिदेशमा निधन हुने नेपालीको सङ्ख्या ३३० पुग्यो
काठमाण्डौ, १८ माघ । कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट विदेशमा थप तीन नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता बेलायतमा तीन जनाको संक्रमणका कारण मृत्यु भएको हो । यो सहित विदेशमा कोरोना संक्रमणका कारण निधन हुने नेपालीको सङ्ख्या ३३० जना पुगेको छ ।
गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक सञ्जीव सापकोटाका अनुसार शनिबार साँझसम्म ५० देशमा रहेका ५८ हजार ६९५ नेपालीमा कोरोना संक्रमण देखिएको छ । तीमध्ये ५५ हजार ७९३ जना कोरोनामुक्त भएका छन् । यो कूल संक्रमितको ९४ प्रतिशत हो । गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार यो साता बेलायत, मलेसिया, साउदी अरब, पोर्चुगल र नाइजेरियामा रहेका थप नेपालीमा कोरोना भाइरस संक्रमण देखिएको छ ।
रासस