थप २,८३८ जनामा कोरोना संक्रमण, ३० जनाको मृत्यु

5 years ago Samaya Dristi 0
काठमाडौं , ६ साउन । पछिल्लो २४ घण्टामा थप २,८३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८,७१५ पीसीआर परीक्षणमा १,९१८ र ३,९०१ एन्टिजेन परीक्षणमा ९३१ जना गरी २,८३८ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या १,४७५ रहेको छ र ३० जनाको मृत्यु भएको थप समाचार

बेनी-जोमसोम सडक दुई सातापछि सन्चालनमा

5 years ago Samaya Dristi 0
बागलुङ, ६ साउन । हिमालपारीको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी(जोमसोम सडक दुई सातापछि सञ्चालन भएको छ । असार २४ गतेदेखिको अविरल वर्षाका कारण ७६ किलोमिटर उक्त सडकका विभिन्न ठाउँमा पहिरो गएपछि अवरुद्ध भएको थियो । म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ राहुघाट गलेश्वर र अन्नपूर्ण गाउँपालिका–३ रुप्से छहरा, काभ्रेभीरलगायतका स्थानमा पहिरो पन्छाएर सञ्चालन गराइएको जिल्ला प्रहरी कार्यालयले थप समाचार

सहिद इन्दिरा तिवारी (ज्योति) को नाममा सहिद स्मृति गेट निर्माण

5 years ago Samaya Dristi 0
पोखरा ,साउन ४पोखरा महानगरपालिका वडानं ३१ वेगनास भञ्ज्याङमा सहिद इन्दिरा तिवारीको सम्झनामा सहिद स्मृति गेट निर्माण गरिएको छ ।सोमबार सहिद इन्दिराको १९औं स्मृति दिवसको अवसरमा नेकपा माओवादी केन्द्र पोखरा ३१ले आयोजना गरेको एक कार्यक्रमका बीच नेकपा माओवादी केन्द्रका युवा नेता एवं गण्डकी प्रदेश सभाका सदस्य दीपक कोइराला ९रुपक०ले स्मृति गेटको उद्घाटन गर्नुभयो । गण्डकी प्रदेश थप समाचार

आज तुलसी रोप्ने एकादशी

5 years ago Samaya Dristi 0
आषाढ शुक्ल–पक्षमा पर्ने हरिशयनी एकादशीलाई एउटा महत्वपूर्ण एकादशीका रूपमा वैदिक शास्त्रहरूमा व्याख्या गरिएको पाइन्छ । श्रृष्टिकर्ता भगवान हरि अर्थात् विष्णु यस एकादशीबाट चार महिनाका लागि पातालमा शयन सुत्न० जाने विश्वास गरिन्छ । त्यहीकारण यस एकादशीलाई हरिशयनी एकादशी या देवशयनी र असारे एकादशी पनि भनिन्छ । यो एकादशीका दिन चीर निन्द्रामा गएका भगवान् हरि चर्तुमास सकी थप समाचार

प्रधानमन्त्री देउवालाई १६५ मतको विश्वास, एमाले ओली र नेपाल पक्षमै घात प्रतिघात

5 years ago Samaya Dristi 0
काठमाण्डौ, ३ साउनप्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । देउवाको पक्षमा १६५ मत परेको छ भने विपक्षमा ८३ मत मात्रै परेको छ । राप्रपाका १ जना तटस्थ रहे । सर्वोच्च अदालतको फैसलामा टेकेर प्रधानमन्त्री बनेको एक साता नबित्दै उनले आइतवार सदनबाट विश्वासको मत लिएका हुन् ।आइतबार राति भएको मतदानमा देउवाले प्रतिनिधि सभाबाट थप समाचार

प्रधानमन्त्रिले आजै बिश्वासको मत लिने

5 years ago Samaya Dristi 0
३ साउन ,काठमाडौंप्रधानमन्त्री शेरबहादुर देउवाले आजै प्रतिनिधि सभाबाट विश्वासको मत लिने भएका छन्। आज सर्वोच्च अदालतको आदेशबाट पुनःस्थापित प्रतिनिधि सभाको बैठक बस्दै छ । सोही बैठकमार्फत प्रधानमन्त्री देउवाले विश्वासको मत लिन लागेका हुन् । संसद् सचिवालयका अनुसार प्रतिनिधिसभा बैठक आज दुई चरणमा बस्नेछ । जसमा दोस्रो चरणको बैठकमा देउवाले विश्वासको मत लिने तयारी गरिएको छ थप समाचार

२५ यूनिट रगत संकलन

5 years ago Samaya Dristi 0
साउन २,पोखरा ।पोखरा फोटो ग्राफर संघ पोखरा नेपालको ४० औ स्थापना दिवसको उपलक्ष्यमा पोखरा फोटो ग्राफर संघ पोखरा नेपाल र कैलाश बचत तथा ऋण सहकारि सस्थाको संयुक्त आयोजनामा रक्तदान कार्यक्रममा २५ युनिट रगत संकलन भयको छ । कार्यक्रममा प्रमुख अतीथी जनस्वास्थय मन्त्रालयका सचिब डाक्टर बिनोद बिन्दु शर्माले रक्त संचार केन्द्रमा रगतको अभाब हुदा अस्पतालमा भर्ना थप समाचार

पोखराका मेयर जिसीको स्वास्थ्यमा समस्या

5 years ago Samaya Dristi 0
साउन १,पोखरा,पोखरा महानगरपालिकाका मेयर मानवहादुर जिसीको स्वास्थ्यमा अचानक समस्या आएपछि अस्पताल भर्ना गरिएको छ । मेयर जिसीको उच्च रक्तचापका कारण नशामा समस्या देखिएपछि पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । जिसीका प्रेस संयोजक माधव वरालका अनुसार उनलाई थप उपचारका लागि मणिपाल शिक्षण अस्पताल वाट हेलिकप्टरमा काठमाडौ न्यूरो अस्पताल लगिएको छ। स्वास्थ्यकर्मीका अनुसार वहांको अवस्था थप समाचार

युनियन लाइफ इन्सुरेन्सको आइपीओ बाँडफाँट

5 years ago Samaya Dristi 0
काठमाडौं ,३१युनियन लाइफ इन्सुरेन्सको आइपीओ बिहीबार बाँडफाँट भएको छ । यसमा गोलाप्रथामार्फत ५ लाख ८० हजार ५०० जना आवेदनले १० कित्ताका दरले सेयर पाएका छन् । युनियनको आइपीओमा आवेदन दिएका कुल २१ लाख ८२ हजार ७७५ जनामध्ये २१ लाख १२ हजार ७९९ को आवेदन मात्र योग्य ठहरिएको थियो । सोही योग्य आवेदनलाई गोलाप्रथामा सहभागी गराइएको थप समाचार

कालीगण्डकी डाइभर्सन रोक्न सर्वोच्चको अन्तरिम आदेश

5 years ago Samaya Dristi 0
३१ असार पोखरा , बिवादित कालीगण्डकी डाइभर्सन सर्वोच्च अदालतले तत्काल रोक्न अन्तरिम आदेश जारी गरेको छ। प्रधान न्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इजलासले कालीगण्डकी डाइभर्सनका लागि कुनै पनि कार्य तत्काल नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ। वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्माले दायर गरेको रिटमा सुनुवाइ गर्दै राणाको एकल इजलासले अन्तरिम आदेश जारी गरेको हो। सर्वोच्चले थप समाचार