असार ३१ गते २०७८

युनियन लाइफ इन्सुरेन्सको आइपीओ बाँडफाँट


काठमाडौं ,३१
युनियन लाइफ इन्सुरेन्सको आइपीओ बिहीबार बाँडफाँट भएको छ । यसमा गोलाप्रथामार्फत ५ लाख ८० हजार ५०० जना आवेदनले १० कित्ताका दरले सेयर पाएका छन् । युनियनको आइपीओमा आवेदन दिएका कुल २१ लाख ८२ हजार ७७५ जनामध्ये २१ लाख १२ हजार ७९९ को आवेदन मात्र योग्य ठहरिएको थियो । सोही योग्य आवेदनलाई गोलाप्रथामा सहभागी गराइएको हो ।

कुल आवेदनमध्ये ४ हजार ८०१ जनाले दोहोरो आवेदन दिएका कारण आवेदन रद्द भएको थियो । यस्तै, अन्य कारणबाट ६५ हजार १७५ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जानकारी गराएको छ । युनियन लाइफले असार २४ गतेदेखि २८ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँको दरमा कुल ६४ लाख ५० हजार कित्ता सेयर बिक्री खुला गरेको थियो ।

जसमध्ये ३ लाख २२ हजार ५०० कित्ता० कर्मचारी र ३ लाख २२ हजार ५०० कित्ता० म्युचुअल फन्डको लागि छुट्याइएको थियो । बाँकी ५८ लाख ५ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिएका हुन् ।

युनियन लाइफ इन्सुरेन्सको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट रिजल्ट हेर्न सकिन्छ ।