श्रावण ३ गते २०७८

२५ यूनिट रगत संकलन


साउन २,पोखरा ।
पोखरा फोटो ग्राफर संघ पोखरा नेपालको ४० औ स्थापना दिवसको उपलक्ष्यमा पोखरा फोटो ग्राफर संघ पोखरा नेपाल र कैलाश बचत तथा ऋण सहकारि सस्थाको संयुक्त आयोजनामा रक्तदान कार्यक्रममा २५ युनिट रगत संकलन भयको छ । कार्यक्रममा प्रमुख अतीथी जनस्वास्थय मन्त्रालयका सचिब डाक्टर बिनोद बिन्दु शर्माले रक्त संचार केन्द्रमा रगतको अभाब हुदा अस्पतालमा भर्ना भएका बिरामिहरुको उपचारनै प्रभाबित भईरहेको यस समयमा सरहानीय कार्यभएको भन्दै , समय त्यति अनुकल नभयपनि कोरोनाले सबैतिर असर गरिरहेको यस समयमा स्वास्थयय मापदण्डका नियमहरु पालना गरी नाक मुखमा माक्स लगायरनै भयपनि सामाजिक उत्तरदायित्व वाट टाढा हुन नहुने बताउनुभयो ।

कैलास बचत तथा ऋण सहकारि संस्थाका अध्यक्ष शिबहरि अधिकारिले संस्थाले यस्ता कार्यक्रमहरु गरिरहदा सस्थाप्रतिको बिश्वास र गरिमा अझ बढदैजाने बताउनु भयो । गण्डकी फोटो ग्राफर संघका अध्यक्ष दुर्गा प्रसाद पौडेल ले बढि भन्दा बढि जनसम्पर्कमा रहेर काम गर्नुपर्ने भय पनि कोभिड को खोप लगाउने पर्ने हामा्रे बर्ग, लाइ सम्वोधन नहुदा दुखलागेको बताउनु भयो ।

बि।स।२०३९ सालमा स्थापना भएर फोटो ग्राफर हरुको हक हितमा कार्य गर्दै आईरहेको संस्थाले ४० औ स्थापना दिबस मनाई रहदा २१ जनाको नेतृत्व पाईसकेको संरक्षक गणेश छबिले जानकारि दिनुभयो । निवर्तमान अध्यक्ष रबिनाथ दाहालले सस्थाले यस्ता कार्यक्रमहरुको निरनतरता दिईरहनु पर्ने बताउनु भयो । कार्यक्रममा संयोजक चन्द्रप्रकाश ढुङ्गानाले स्वागत मन्तव्य राख्नुभयको थियो भने, उपाध्यक्ष रामचन्द्र पोख्रेल, पूर्व अध्क्षको तर्फबाट तुल्सिराम सुबेदि, महिला उप समिति संयोजक शान्ती सुबेदी, कैलास बचत तथा ऋण सहकारिका सचिब बिनोद राज ढकाल लगायतले बोल्नुभयको थियो । कार्यक्रममा २५ युनिट रगत संकलन भयको सस्थाका अध्यक्ष जनक राज तिवारिले जानकारि दिनुभयो । कार्यक्रमको संचालन सचिब बिसु राज बरालले गर्नुभयको थियो ।