विश्वकप फुटबल : स्पेनको ऐतिहासिक जित, कोस्टारिका ७-० ले पराजित

4 years ago Samaya Dristi 0
काठमाडौं, ०८ मंसिर । कतारमा जारी विश्वकप फुटबलमा स्पेनले ऐतिहासिक जित हाँसिल गरेको छ। कोस्टारिकालाई ७(० को फराकिलो अन्तरले हराउँदै आफ्नो सबैभन्दा ठूलो जित दर्ता गराएको हो। स्पेनका लागि डेनी ओल्मो, मार्को एसेन्सियो, फरान टोरेस, गावी, कार्लोस सोलर, अल्वारो मोराताले समान एकएक गोल गरे। योसँगै ग्रुप इमा रहेको स्पेनले विश्वकप २०२२ को सुखद सुरुवात गरेको थप समाचार

चितवन-२ मा रवि लामिछानेको जित निश्चित , २८ हजारको मतान्तर

4 years ago Samaya Dristi 0
चितवन, ०८ मंसिर ।  नवगठित राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय अध्यक्ष रवि लामिछाने चितवन-२ बाट फराकिलो मतान्तरसहित जित हासिल गर्ने भएका छन् । बिहीबा र बिहान सवा सात बजेसम्मको मतगणनाअनुसार लामिछानेले ४२ हजार २४१ मत ल्याएका छन् । सत्तारूढ गठबन्धनबाट कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठको १३ हजार ९२९ मत आएको छ । एमालेका कृष्णभक्त पोखरेलको १३ हजार थप समाचार

१३ हजार मतान्तरसहित प्रचण्ड विजयी, अब्दुस मियाँ तेस्रो

4 years ago Samaya Dristi 0
गोरखा, ०८ मंसिर । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखाको क्षेत्र नम्बर २ बाट विजयी भएका छन्। ​ विहीबार बिहान सम्पन्न मतगणना अनुसार प्रचण्ड २६ हजार १ सय ३ मत पाएर विजयी भएका छन्। प्रचण्डले १३ हजार ४ सय ७७ मतान्तरसहित जित निकालेका हुन्। गोरखा २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र थप समाचार

माओवादी महासचिव देव गुरुङ पराजित, एमालेका पृथ्वीसुब्बा निर्वाचित

4 years ago Samaya Dristi 0
लमजुङ ८ मंसिर । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ लमजुङबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । उनले नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङलाई ३ हजार १८८ मत अन्तरले हराए । पृथ्वीसुब्बाले ३४ हजार ९६९ र देव गुरुङले ३१ हजार ७८१ मत पाएको मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले बताए । एकमात्र निर्वाचन क्षेत्र रहेको लम्जुङमा थप समाचार

भक्तपुर २ मा कांग्रेसका दुर्लभ थापा विजयी, महेश बस्नेत पराजित

4 years ago Samaya Dristi 0
काठमाडौं, ०८ मंसिर । भक्तपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका दुर्लभ थापा निर्वाचित भएका छन् । उनले एमालेका महेश बस्नेतलाई पराजित गरेका हुन् । थापाले २४ हजार २ सय ३८ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी बस्नेतले २३ हजार २ सय ७५ मत प्राप्त गरे । थप समाचार

कास्की २ मा एमालेकी विद्या भट्टराई विजयी

4 years ago Samaya Dristi 0
कास्की, ०८ मंसिर ।  कास्की २ मा नेकपा एमालेकी विद्या भट्टराई विजयी भएकी छन् । उनले १६ हजार ९९८ मत पाइन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका माधव प्रसाद कँडेलले १२ हजार ४९५ मत पाए । गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एसका श्रीनाथ बरालले ९ हजार ६५९ मत पाए । थप समाचार

जुम्लाबाट राप्रपाका ज्ञानेन्द्र शाही विजयी

4 years ago Samaya Dristi 0
काठमाडौं, ०८ मंसिर । जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानबहादुर (ज्ञानेन्द्र) शाही विजयी भएका छन् । नेकपा माओवादी केन्द्रका गोमा गौतमभन्दा १० हजार ८६० बढी मत ल्याउँदै शाही विजयी भएका हुन् । उनले २२ हजार ८१९ मत ल्याउँदा गठबन्धनका साझा उम्मेदवार गौतमले ११ हजार ९५९ मत पाइन् । यस्तै नेकपा एमालेका रतननाथ योगीले ६ हजार ५२८ थप समाचार

पोखरा अन्तर्राष्ट्रिय बिमान स्थलमा परिक्षण उडान

4 years ago Samaya Dristi 0
जनवरी १ देखि औपचारिक उडान सुरु गर्न लागेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले सोमबारदेखि क्यालिब्रेसन फ्लाइट (यान्त्रिक परीक्षण) थालेको छ । थाइल्याण्डको एरो थाई कम्पनीको विमानले एक सातासम्म क्यालिब्रेसन फ्लाइट गर्ने छ । तस्विरः दुर्गा प्रसाद पौडेल थप समाचार

चितवन-२ मा रवि लामिछाने दोब्बर मतले अगाडि

4 years ago Samaya Dristi 0
चितवन, ०७ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीबाट चितवन–२ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका सो पार्टीका केन्द्रीय सभापति रवि लामिछाने निकै फराकिलो मतान्तरले अग्रस्थानमा कायम रहेका छन् । लामिछानेले १३ हजार ६४१ मत ल्याउँदा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेल ६ हजार २४९ मतका साथ दोस्रो स्थानमा छन् । सत्तारुढ गठबनध्नबाट उम्मेदवार रहेका कांग्रेसका उमेश श्रेष्ठको ५ हजार थप समाचार

काठमाडौं–६ (२) मा एमालेका अमन मास्के विजयी

4 years ago Samaya Dristi 0
पोखरा, ०७ मंसिर ।  काठमाडौं ६ (२) मा नेकपा एमालेका उम्मेदवार अमनकुमार मास्के विजयी भएका छन्। मास्के आठ हजार ५९ मत प्राप्त गरी प्रदेश  सभा सदस्य निर्वाचित भएका हुन्। निर्वाचन अधिकृत सम्झना खनालका अनुसार मास्केका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विष्णुभक्त तिमिल्सिनाले छ हजार ६७१ र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार चिरागमानसिंह कुँवरले तीन हजार ५७६मत प्राप्त गरे। थप समाचार