मंसिर ७ गते २०७९

काठमाडौं–६ (२) मा एमालेका अमन मास्के विजयी

पोखरा, ०७ मंसिर ।  काठमाडौं ६ (२) मा नेकपा एमालेका उम्मेदवार अमनकुमार मास्के विजयी भएका छन्। मास्के आठ हजार ५९ मत प्राप्त गरी प्रदेश  सभा सदस्य निर्वाचित भएका हुन्।

निर्वाचन अधिकृत सम्झना खनालका अनुसार मास्केका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विष्णुभक्त तिमिल्सिनाले छ हजार ६७१ र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार चिरागमानसिंह कुँवरले तीन हजार ५७६मत प्राप्त गरे।

टोखा नगरपालिकाको वडा नं १ र ८ तथा तारकेश्वर नगरपालिकाको १, २, ६, ७, ८, ९, १० र ११ वडा रहेको यो प्रदेश सभामा २३ हजार १०ड मत खसेको थियो। त्यसमध्ये तीन सय २७ मत बदर भएको निर्वाचन अधिकृत खनालले जानकारी दिए।