पाेर्चुगलमा एक नेपाली व्यवसायीकाे निधन

4 years ago Samaya Dristi 0
काठमाडौं, ११ मंसिर । पोर्चुगलमा बसेर व्यवसाय गर्दै आएका एकजना लमजुङका व्यवसायीको निधन भएको छ। लमजुङको दोर्दी गाउँपालिका ९ हिलेटक्सारका ४३ वर्षीय भक्तराज गुरुङको निधन भएको हो।पोर्चुगलमा विगत ५ वर्षयता रेष्टुरेन्ट संचालन गर्दै आएका गुरुङको शनिबार विहान निधन भएको व्यावसायिक साझेदार एवं लमजुङ समाज पोर्चुगलका निवर्तमान अध्यक्ष लोकेन्द्र गुरुङले जानकारी दिए। शुक्रबार राति अबेरसम्म काइसोद्रेस्थित थप समाचार

नेकपा एकीकृत समाजवादी थ्रेसहोल्ड कटाउन संघर्षरत

4 years ago Samaya Dristi 0
काठमाडौं, ११ मंसिर । काठमाडौं स् प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको प्रत्यक्षतर्फको नतिजा अन्तिम चरणमा पुगेको छ। यस्तै समानुपातिकतर्फको मतपरिणाम आउने क्रम पनि अन्तिममा पुगेको छ। प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षमा कांग्रेस पहिलो दल बनेको छ भने नेकपा एमाले दोस्रो बनेको छ। समानुपातिकतर्फ भने एमाले पहिलो दल बन्नेछ। दोस्रोमा कांग्रेस दोस्रो पार्टी बन्ने निश्चित देखिएको छ। आइतबार थप समाचार

मोटरसाइकल दुर्घटना हुँदा तेह्रथुममा एक युवकको मृत्यु

4 years ago Samaya Dristi 0
तेह्रथुम, ११ मंसिर ।  तेह्रथुममा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । फेदाप गाउँपालिका वडानम्बर २ ओयाक्जुङ असुवा बस्ने ४२ वर्षीय चन्द्रबहादुर लिम्बुको मोटरसाईकल दुर्घटननामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी निरीक्षक छे फिङजो भोटेले जानकारी दिए । शनिबार साँझ को२१प ४२२८ नम्बरको मोटरसाइकल चडेर घर गइरहेका लिम्बुको मृत्यु भएको हो । थप समाचार

विश्वकप गोलको असिस्टमा मेस्सीको विश्व कीर्तिमान

4 years ago Samaya Dristi 0
दोहा, ११ मंसिर । अर्जेन्टिनी स्ट्राइकर लियोनल मेस्सी पाँचवटा विश्वकपमा गोलका लागि असिस्ट गर्ने पहिलो खेलाडी बनेका छन्। कतार विश्वकपअन्तर्गत शनिबार समूहको आफ्नो दोस्रो खेलमा अर्जेन्टिनाले मेक्सिकोलाई २–० गोलले हराउँदा मेस्सीले एक गोल गरे भने अर्को गोलमा असिस्ट गरे। उनले ८७ औँ मिनेटमा इन्जो फर्नान्डेजको गोलमा असिस्ट गरेका थिए। मेस्सीले यसअघि सन् २००६, २०१०, २०१४ थप समाचार

सुनसरी १ मा घण्टीको अग्रता कायमै, अशोक राई पछ्याउँदै

4 years ago Samaya Dristi 0
काठमाडौं, ११ मंसिर । विराटनगर । सुनसरी क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गोमा तामाङको अग्रता कायमै रहेको छ । धरान उप महानगरको मतगणना सकिएपनि तामाङले अग्रता कायमै राखेकी हुन् । उनले १२ हजार ८ ५५ मत ल्याउँदा जनता समाजवादी पार्टीका नेता अशोक राईले १२ हजार ५०४ मत पाएका छन् । सत्ता गठबन्धनका थप समाचार

समानुपातिकमा कांग्रेसभन्दा एमाले १ लाख मतले अगाडि

4 years ago Samaya Dristi 0
काठमाडौं, ११ मसिर । प्रतिनिधिसभा र प्रदेशसभातर्फको समानुपातिकको मतगणना जारी छ । प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा ९एमाले०ले सुरुआतदेखि नै अग्रता कायम गरिररहेको छ । एमालेको २२ लाख नाघ्दा कांग्रेससँगको अन्तर बढाउँदै १ लाख नघाएको छ । सुरुदेखि नै दुई पार्टीबीच केही हजारको मात्रै अन्तर थियो । निर्वाचन आयोगको तथ्याङ्क अनुसार बिहान ७ स्३० बजेसम्म एमालेले २२ थप समाचार

अमेरिकासँग बराबरीमा रोकियो इंग्ल्याण्ड

4 years ago Samaya Dristi 0
एजेन्सी, १० मंसिर । पहिलो खेलमा रवाफिलो प्रदर्शन गरेको इंग्ल्याण्ड विश्वकपको दोस्रो खेलमा अमेरिकासँग गोलरहित बराबरीमा रोकिएको छ। कतार विश्वकप अन्तर्गत समूह ‘बी’ को दोस्रो खेलमा इंग्ल्याण्ड अमेरिकासँग गोलरहित बराबरीमा रोकिएको हो। अल बायत स्टेडियममा शुक्रबार भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले पाएका राम्रा अवसर सदुपयोग गर्न सकेनन्। अमेरिकाविरुद्ध बल पोसेसनमा पकड जमाए पनि इंग्ल्याण्ड गोल थप समाचार

बाजुरामा उच्च सुरक्षाबीच पुनः मतदान सुरु

4 years ago Samaya Dristi 0
धनगढी, १० मंसिर । मतदानका क्रममा भएको विवादका कारण मंसिर ४ मा स्थगित बाजुराको बुढीनन्दा नगरपालिका ५ को नन्देश्वरी माध्यमिक विद्यालय पिपलचौर मतदान केन्द्रमा उच्च सुरक्षाबीच मतदान सुरु भएको छ । शनिबार बिहान ७ बजेदेखि मतदान सुरु भएको हो । मंसिर ४ गते चुनावको दिन बाजुराको एक मतदानस्थल । मतदान केन्द्रमा विगतमा भएको विवाद र थप समाचार

सुजातालाई फापेन बाबु गिरिजाको चुनाव क्षेत्र

4 years ago Samaya Dristi 0
विराटनगर, मंसिर १०   । नेपाली कांग्रेसकी नेता सुजाता कोइराला दोस्रो चुनावी परीक्षामा पनि फेल भएकी छन् । नेपाली कांग्रेसका पूर्व सभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाकी छोरी सुजाता यो पटक मोरङ क्षेत्र नम्बर २ बाट उम्मेदवार थिइन् । उनी एमाले उम्मेदवार ऋषिकेश पोखरेलसँग पराजित भइन् । संविधानसभा सदस्य तथा एमाले मोरङ अध्यक्ष पोखरेल ३३ हजार १४८ थप समाचार

चुनावलगत्तै माओवादी उपमहासचिव वर्षमान पुन: चीन जाँदै

4 years ago Samaya Dristi 0
चितवन, १० मंसिर । रोल्पाबाट नवनिर्वाचित सांसद तथा नेकपा माओवादी केन्द्रका उपमहासचि वर्षमान यसै साता चीन जाने भएका छन् । नियमित स्वास्थ्य उपचारको सन्दर्भ मिलाएर वर्षमान पुन बेइजिङ जान लागेका हुन् । पुन निकट स्रोतका अनुसार काठमाडौंबाट नियमित उडान शुरु नभइसकेकाले हिमालयन एयरको कार्गो विमानबाट वर्षमान चीन जाने तयारी भइरहेको छ । सम्भवतः आइतवारसम्म उनी थप समाचार