समाचार

हामी जीवन मरणको अवस्थामा छौँ, शहीदको सपनालाई कुल्चिन दिन्नौँ – प्रचण्ड

5 years ago Samaya Dristi 0
काठमाडौँ, ०१ फागुन । नेकपाको दाहाल(नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हजारौँ शहीदको बलिदानीपछि प्राप्त गणतन्त्रलाई प्रधानमन्त्री केपी शर्मा ओलीले धरापमा पारेको आरोप लगाएका छन् । ओलीले शहीदको रगतले लेखेको संविधान नै धरापमा लाने कोशिस गरेकाले त्यसकाविरूद्ध लड्नु पर्ने अवस्था आएको बताएका छन् ।जनयुद्ध दिवसको अवसर पारेर पार्टी कार्यालय पेरिसडाँडामा भएको कार्यक्रममा दाहालले भने, शहीदको थप समाचार

प्रधानमन्त्रीसँग भागरथी भट्टको हत्यारालाई तत्काल पक्राउ गर्न कांग्रेसको माग

5 years ago Samaya Dristi 0
काठमाडौं,३० माघ ।बलात्कारपछि हत्या भएकी बैतडीकी भागरथी भट्टको हत्यामा संलग्नलाई तत्काल पक्राउ गर्न नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीसँग माग गरेको छ। घटनाको अनुसन्धान तीव्र बनाउन कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीसँग आग्रह गरेका छन्। बलात्कार र हत्याका हरेक घटनामा राज्यको अस्तित्व प्रभावकारी बनाउन कांग्रेसको माग छ। ‘बैतडीको दोगडाकेदारकी किशोरी भागरथी भट्टको थप समाचार

प्रचण्ड–माधव समूहले फागुन १ गते ‘जनयुद्ध’ दिवस मनाउने

5 years ago Samaya Dristi 0
काठमाडौं,३० माघ ।नेकपा प्रचण्ड–माधव समूहले फागुन १ गते ‘जनयुद्ध’ दिवस मनाउने भएको छ । २०५२ साल फागुन १ गते तत्कालिन नेकपा माओवादीले हिंसात्मक ‘जनयुद्ध’ शुरु गरेको दिनको स्मरणमा दिवश मनाएन लागिएको हो । प्रचण्ड नेतृत्वमा जनयुद्ध सुरु भएको भोली २६ वर्ष पुग्दैछ । यस क्रममा युद्धको नेतृत्व गरेको शक्ती अहिले टुक्राटुक्रामा विभाजन भएको छ । थप समाचार

नयाँ दिल्ली गए वरिष्ठ नेता झलनाथ खनाल

5 years ago Samaya Dristi 0
काठमाडौं,३० माघ । नेकपा प्रचण्ड–माधव पक्षका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल भारतको नयाँदिल्ली प्रस्थान गरेका छन् । सचिवालय सदस्य एवम् वरिष्ठ नेता खनाल स्वास्थ्य उपचारका लागि शुक्रबार बिहान ११ बजे नयाँ दिल्ली प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ । खनाल पत्नी रविलक्ष्मी चित्रकारका साथ नेपाल नेपाल वायुसेवाको नियमित उडानबाट दिल्ली गएका हुन् । थप समाचार

फागुन २३ देखि आम सार्वसाधारणलाई कोरोना खोप दिने तयारी

5 years ago Samaya Dristi 0
काठमाडौं,३० माघ । आम सार्वसाधारणलाई सरकारले फागुन २३ देखि कोरोना खोप दिने तयारी गरेको छ । १० लाख डोज खोप भारतले अनुदान दिएपछि १४ माघदेखि खोप अभियान सुरु भएको थियो । पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाइकर्मी लगायत ४ लाख ३० हजार फ्रन्टलाइनरलाई खोप लगाउने सरकारको लक्ष्य थियो । तर ११ दिनको अभियानमा देशभर एक लाख ८४ थप समाचार

आन्दोलनमा होमिनुको विकल्प छैन – प्रचण्ड माधब

5 years ago Samaya Dristi 0
काठमाडौं, ३० माघ । । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत विभाजित नेकपाको प्रचण्ड-माधव पक्षले अन्तिम धक्काको लागि तयार रहन आव्हान गरेको छ । सोनाम ल्होसार पर्वको अवसरमा अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले संयुक्त शुभकामना वक्तव्य निकाल्दै जनताको बलिदान, संघर्ष र प्राप्त जनमतको उपहास गरी संविधानको सफल कार्यान्वयन र संरक्षण नभएको भन्दै ‘प्रतिनिधिसभा विघटनको असंवैधानिक कदमविरुद्ध आन्दोलनमा थप समाचार

आज तामाङ समुदायको सोनाम ल्होसार, सार्वजनिक बिदा

5 years ago Samaya Dristi 0
पोखरा, ३० माघ । आज तामाङ समुदायले नयाँ वर्षको रुपमा मनाउने सोनाम अर्थात ग्याल्बो ल्होसार पर्व हो । हरेक वर्ष माघ शुक्ल प्रतिपदाको दिन यो पर्व मनाउने गरिन्छ । १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ जसमा मुसा, गाई, बाघ, खरायो, ड्रागन ९मेघ०, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर रहेको छ । आजैबाट थप समाचार

पोखरामा पार्किङ शुल्क तत्काल खारेज गर्न माग गर्दै मेयरलाई ज्ञापनपत्र पेश

5 years ago Samaya Dristi 0
कमल पौडेल अथकपोखरा २९, माघनेकपा माओवादी केन्द्र तमुवान गण्डकी प्रदेशले पोखराको सडकमा उठाउँदै आएको पार्किङ शुल्क तत्काल खारेज गर्न माग गर्दै पोखराका मेयर मानवहादुर जिसीलाई विहीवार ज्ञापन पत्र वुझाएको छ ।सो पत्रमा गरी खाने मजदू्र र चालकहरुको हित विपरित जथाभावि पार्किङ शुल्क उठाइएको भन्दै तत्काल सो कार्य वन्द गर्न माग गरिएको हो ।सो पार्टीका प्रदेश थप समाचार

ए प्रधानमन्त्री ओली, तिमीले कति जना अपराधीलाई जेलमा कोचेका छौ ? – माधव नेपाल

5 years ago Samaya Dristi 0
काठमाडौं, २८ माघ । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० दाहाल–नेपाल समूहका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा हजारौं बलात्कारका घट्ना घटेको सुनाउँदै अहिलेसम्म क–कसलाई कारबाही गर्नुभयो रु भन्दै ओलीसमक्ष प्रश्न गरे । आज काठमाडौंमा दाहाल–नेपाल समूहले आयोजना गरेको विशाल जनसभालाई सम्बोधन गर्दै उनले भने,‘‘केपी शर्मा ओलीको असंवैधानिक कदमको थप समाचार

‘अब जनआन्दोलनको आगो दन्कनेछ यो दुईवटा गुटको आन्दोलन होइन, प्रतिक्रान्तिविरुद्धको अर्को क्रान्ति हो ।’ – झलनाथ खनाल

5 years ago Samaya Dristi 0
काठमाडौं, २८ माघ । नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले जनआन्दोलनको आगो दन्कने बताएका छन् । आज भृकुटीमण्डपमा आयोजित नेकपाको प्रचण्ड नेपाल समूहको विरोध सभामा बोल्दै उनले प्रतिक्रान्तिविरुद्ध अर्को क्रान्ति गर्ने बताए । ‘अब जनआन्दोलनको आगो दन्कनेछ,’खनालले भने,‘यो दुईवटा गुटको आन्दोलन होइन, प्रतिक्रान्तिविरुद्धको अर्को क्रान्ति हो ।’ खनालले ओली राजनीतिक र सैद्धान्तिक रुपमा पराजित थप समाचार