समाचार

अनलाइन मिडिया ‘नियन्त्रण’ गर्न निर्देशिका आउँदै

5 years ago Samaya Dristi 0
काठमाडौं, २८ माघ । सरकारले आफ्नो आलोचना गर्ने सञ्चार माध्यमलाई नियमन र नियन्त्रण गर्न निर्देशिका ल्याउने तयारी गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले खासगरी अनलाइन माध्यमहरूलाई नियन्त्रण गर्ने गरी निर्देशिका ल्याउन लागेको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सञ्चार माध्यम र सञ्चारकर्मीलाई अमर्यादित तथा गैरजिम्मेवार हुन नदिने यस्तो निर्देशिका ल्याउन थप समाचार

फेवातालको पानी अझै एक मिटर घट्न सक्ने

5 years ago Samaya Dristi 0
पोखरा,२८ माघ ।फेवातालको ड्याम मर्मतका लागि अहिले पानिको सतह १ मिटर घटाइएको छ । १ मिटर पानिको सतह घटाउदा तालले ५० मिटरसम्म जमिन छोडेको छ । तालको किनार लेदो माटो र ढुङगाले कुरुप बनेको छ । तालको बाँध जीर्ण अवस्थामा पुगेपछि मर्मतका लागि भन्दै जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय कास्कीले पानीको सतह एक मिटर घटाएको थप समाचार

भागरथी हत्याको एक साता बित्यो

5 years ago Samaya Dristi 0
काठमाण्डौ,२८ माघ । बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्ट मृत अवस्थामा भेटिएको एक साता बितेको छ । उनको बलात्कारपछि हत्या भएको भन्ने पोस्टमार्टम रिपोर्ट आएको छ । आज सम्म कुनै ठोस प्रमाण नभेटिएको प्रहरीले जनाउको छ । स्थानीय सनातन धर्म माध्यमिक विद्यालयमा कक्षा १२ मा पढ्ने भागरथी माघ २१ गते बिहान स्कुल थप समाचार

प्रचण्ड–नेपाल समूहको प्रदर्शनका कारण चक्रपथ भित्र ट्राफिक व्यवस्थापन अस्तव्यस्त

5 years ago Samaya Dristi 0
काठमाण्डौ,२८ माघ । नेकपाको प्रचण्ड–नेपाल समूहको विरोध प्रदर्शनका कारण चक्रपथ भित्र ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ । बिहानैदेखि चक्रपथ भित्र चारपाङ्ग्रे गाडीलाई प्रवेश निषेध गरिएको छ ।पुतली सडक, पद्मोदयमोड, डिल्लीबजार, कालिकास्थान, कालिमाटी, कृष्ण पाउरोटी, लोत्सेचोक लगायत ठाउँबाट गाडी डाइभर्सन गरिएको छ । यी चोकहरुमा मुख्य गरी ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ । महानगरीय ट्राफिक प्रहरी थप समाचार

वैशाख १७ गते ४ प्रदेशमा र २७ गते ३ प्रदेशमा निर्वाचन गर्ने निर्णय

5 years ago Samaya Dristi 0
काठमाडौं,२७ माघ । सरकारले पहिलो र दोस्रो चरणमा निर्वाचन गर्ने प्रदेशको बारेमा निर्वाचन आयोगलाई जानकारी गराउने भएको छ । मन्त्रिपरिषदको सोमवार बसेको बैठकले वैशाख १७ र २७ गते कुन कुन प्रदेशमा निर्वाचन सम्पन्न गर्ने भन्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङका अनुसार पहिलो चरणमा प्रदेश नम्बर २,गण्डकी, लुम्बिनी र थप समाचार

भागरथी हत्याको घटना निर्मलाको जस्तो जटिल छैन, छिट्टै सफलता मिल्छ : गृहमन्त्री थापा

5 years ago Samaya Dristi 0
काठमाडौं,२७ माघ । गृहमन्त्री रामबहादुर थापा (बादल)ले बैतडीकी किशोरी भागरथी भट्टको हत्याको घटना निर्मला पन्तको जस्तो जटिल नभएकाले अनुसन्धानमा छिट्टै सफलता मिल्ने बताएका छन् । कतिपय घटनाको अनुसन्धानमा शतप्रतिशत सफलता पाउन नसकिने रहेछ भन्दै मन्त्री थापाले भागरथीको हत्याका अपराधी छिट्टै पक्राउ पर्ने र कानुनबमोजिम सजायँ पाउने बताए । बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी थप समाचार

पोउवा संघमा आर्थिक ऐन र त्यसका प्रावधानबारे अन्तरक्रिया

5 years ago Samaya Dristi 0
पोखरा,२६ माघ । आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख कर अधिकृत ऋषिराम पोखरेलले राज्यको आँखाबाट कुनै पनि व्यक्ति लुक्न नसक्ने बताएका छन् । हरेक व्यक्तिले गर्ने आर्थिक कारोबारबारे राज्य जानकार रहेको बताउँदै उनले कर छल्न खोज्नेहरुप्रति राजश्व प्रशासन नरम बन्न नसक्ने पनि प्रष्ट पारे ।पोखरा उद्योग वाणिज्य संघको ६७औँ वार्षिकोत्सवको सन्दर्भमा सोमबार संघ तथा आन्तरिक राजश्व थप समाचार

ट्रायल फेल भएकाले १८ महिनासम्म मौका पाउने

5 years ago Samaya Dristi 0
काठमाडौँ,२६ माघ । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को प्रयोगात्मक परीक्षा (ट्रायल) को समयावधि बढाएको छ । विभागले यसअघिको सवारी साधनको लाइसेन्सका लागि लिखित परीक्षा पास गरेको तीन महिनाभित्र तीन पटक ट्रायल दिन पाउने व्यवस्थालाई बढाएर अधिकतम १८ महिना पुर्याएको हो । आइतबार एक सूचना जारी गर्दै विभागले यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० थप समाचार

प्रचण्ड भन्छन् केपी ओली अब रक्षात्मक हुनेतिर गइसके

5 years ago Samaya Dristi 0
काठमाडौँ,२६ माघ । नेकपा प्रचण्ड- नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली अब रक्षात्म हुनेतिर गइसकेको बताएका छन्। आफू निकट शिक्षकहरुको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘केपी ओली अब रक्षात्मक हुनेतिर गइसके। पहिला धाकधक्कु त धेरै लगाए। तर नारायणहिटी संग्राहलय अगाडि उनकै सुरक्षाकर्मीले ३० देखि ३५ हजारको हाराहारीमा भनिदिइसकेपछि उनीहरुबीच नै थप समाचार

अतिरिक्त जोखिम भक्ता नपाएको भन्दै मातृशिशु अस्पतालका स्वास्यकर्मी आन्दोलित

5 years ago Samaya Dristi 0
कमल पौडेल अथकपोखरा २६, माघपोखरा महानगरपालिका १६ बाटुलेचौरमा अवस्थित मातृशिशु मितेरी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीहरु आइतवारदेखि आन्दोलित भएका छन् । कोरोनाको समयमा सरकारको निर्देशन अनुसार सवै अस्पतालहरुले अतिरिक्त जोखिम भक्ता दिएको भएपनि सो अस्पतालले अहिलेसम्म नदिएको भन्दै उनीहरु आन्दोलित भएका हुन् । उनीहरुले आइतवारदेखि हातमा कालो पट्टी वाँधेर विरोध प्रर्दशन गरेका छन् । साथै थप समाचार