फागुन १९ गते २०७७

उपभोक्ता सचेत भए बजारमा कालोधन्दा गर्नेहरु आफै विस्थापित


कमल पौडेल अथक
पोखरा १९, फागुन
उपभोक्ताहरु सचेत भएमा बजारम कालोधन्दा गर्नेहरु आफै विस्थापित हुने एक कार्यक्रमका वक्ताले वताएका छन् ।
उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय पोखराद्धारा बुधवार पोखरामा आयोजित उपभोक्ता सचेतना कार्यक्रममा वोल्ने वक्ताले सो कुरा वताएका हुन् ।
उनीहरुले वजारमा अहिलेपनि खुले आम रुपमा भएका उपभोत्ता ठगीधन्दाको पर्दाफास गर्न नसक्नू दुर्भाग्य भएको वताए ।
बजार अनुगमनलाई तिव्र वनाउँदै उपभोक्ता ठगी गर्ने विरुद्ध कडा भन्दा कडा कानूनी कारवाही जरुरी रहेको उनीहरुले वताए ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै निर्देशनालय प्रमुख नारायण आचार्यले उत्पादित समानको लेवल हेरेर मात्र खरिद गर्न उपभोक्ताहरुलाई आग्रह गरे ।
उपभोक्ता मञ्च गण्डकी अध्यक्ष कपीलनाथ कोइरालाले बजारमा कालो धन्दा गर्नेहरुले उपभोक्तामाथि चरम अन्याय गरिरहेको वताए । उनले कानून अनुसार अधिकतम जरिवाना गर्नु पर्नेमा जोड दिए ।
सो कार्यक्रममा पोखरा महानगरपालिका वडा नं ६ देखि १० सम्मका वडाले सिफारिस गरेका उपभोक्ता प्रतिनिधिहरुको सहभागीता रहेको अधिकृत प्रदीप रेग्मीले जानकारी दिए ।