फागुन १० गते २०७७

नेपालमा हिन्दूराष्ट्र स्थापनाकोलागि जनमत संग्रह आवस्यक


कमल पौडेल अथक
पोखरा १०, फागुन
नेपालमा हिन्दूराष्ट्र स्थापनाको लागि जनमत संग्रह आवस्यक भएको एक कार्यक्रमका वक्ताले वताएका छन् । विश्व हिन्दू महासंघ नेपाल कास्कीद्धारा सोमवार पोखरामा आयोजित हिन्दुराष्ट्र स्थापनामा कांग्रेसको भूमिका विषयक छलफल कार्यक्रमका वक्ताले सो कुरा वताएका हुन् ।
कार्यक्रममा वोल्दै पूर्व मन्त्री शंकर भण्डारीले नेपालीलाई रनभूलमा पारेर हिन्दु अस्मिता मेटाउन खोजिएको वताए । उनले हिन्दूराष्ट्र मास्ने काम कोही कसैवाट भए मान्य नहुने वताए ।
पूर्वमन्त्री देवेन्द्रराज कँडेलले राष्ट्र जहाँ गएपनि मानिसको धर्म कहीँ नजाने वताए । उनले नेपालमा हिन्दू धर्मवारे जनमत संग्रह एक मात्र विकल्प भएको वताए । नेपालको सनातन धर्म संस्कार मास्नको लागि कम्युनिष्टको खोल ओढेर केही नेताहरु लागि परेको उनले वताए ।
कांग्रेसको आगामी १४ औं महाधिवेशनमा हिन्दूधर्मको एजेण्डा प्रस्तावको रुपमा लैजाने उनले वताए ।
विश्व हिन्दू महासंघ कास्कीका अध्यक्ष पार्वता पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा महासंघका केन्द्रीय अध्यक्ष डा रामचन्द्र अधिकारी, नेता शुक्रराज शर्मा लगायतले वोलेका थिए ।