समाचार

मोरङस्थित सिटिजन्स बैंकमा गोली चल्यो

5 years ago Samaya Dristi 0
काठमाडौं , २५ असोज। मोरङको धानपालथान गाउँपालिकास्थित बैंकमा गोली चलेको छ । कार्सिया बजारमा रहेको सिटिजन्स बैंकको शाखा कार्यालयमा गोली चलेको प्रदेश–१ प्रहरी कार्यालयका एसपी नविनराज राईले बताए । गोली लागेर बैंकका सुरक्षा गार्ड घाइते भएका छन् । घटनाबारे प्रहरीले अनुसन्धान गर्दैछ । थप समाचार

घान्द्रुक जीप दुर्घटना: ८ जनाको मृत्यु, एक घाइते

5 years ago Samaya Dristi 0
पोखरा, २५ असोज । पोखराबाट गएको जीप घान्द्रुकमा दुर्घटना हुँदा चालकसहित ८ जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । जीप चालक बाहेक सबै २५ वर्ष मुनीका युवायुवती छन् । प्रारम्भिक जानकारी अनुसार उनीहरु दशैंका बेला काठमाण्डौबाट पदयात्राका लागि पोखरा आएका समूह हुन् । प्रहरीका अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा जीप चालक थप समाचार

डिप्लोम्याट समेटिएको ‘गोप्य’ दस्तावेज बाहिरिएपछि माओवादीमा खैलाबैला

5 years ago Samaya Dristi 0
काठमाडौं,२० असोज । नेकपा माओवादी केन्द्रको विदेश मामिला विभाग गठनका लागि पार्टीमा आस्था राख्ने डिम्लोम्याट तथा कूटनीतिक मामिलाका जानकार समेटेर सूची तयार गरिएको छ । तर सो सूचीलाई अन्तिम रुप नदिँदै दस्तावेज बाहिरिएपछि पार्टीका खैलाबैला मच्चिएको छ । विभागहरूलाई पूर्णता दिन माओवादीले वर्षमान पुन, गिरिराजमणि पोखरेल र श्रीराम ढकाल नेतृत्वको कार्यदल गठन गरेको थियो । थप समाचार

मध्य भोटेकोशी जलविद्युतको आइपिओ खुल्यो

5 years ago Samaya Dristi 0
काठमाडौं,२० असोज । मध्य भोटेकोशी जलविद्युत कम्पनीको प्राथमिक सेयर ९आईपीओ० बुधबारबाट सर्वसाधारणका लागि खुल्ला भएको छ । कम्पनीले आज असोज २० गते अर्थात् बुधबारदेखि असोज २५ गते सोमबारसम्मका लागि संस्थाका कर्मचारी, सामूहिक लगानी कोष र सर्वसाधारणका लागि गरी कुल ९० लाख कित्ता सेयर विक्री खुल्ला गरेको हो । कुल ९० लाख कित्तामध्ये ३ लाख ६० थप समाचार

दसैँमा दुई फिल्म प्रर्दशन हुने

5 years ago Samaya Dristi 0
काठमाडौं,२० असोज । शोभित बस्नेतले निर्देशन गरेको फिल्म हो ‘डाँडाको वरपीपल’ । एक प्रेमजोडीले भोग्नुपर्ने अनेक दुःखका कथा समेटिएको फिल्ममा शिव श्रेष्ठ, भुवन केसी, गौरी मल्ल, सलोन बस्नेत, रुबिना थापा, विनोद न्यौपाने, राजीवजंग बस्नेत, अस्मिता जुरेली, हिउँवाला गौतम, उत्तम केसी, संगम भण्डारी, सुशान्तकुमार श्रेष्ठ, प्रभात पल, अस्मी थापा, प्रदीप गिरी, ज्ञानकुमार कट्टेल, टेकेन्द्र न्यौपानेको अभिनय थप समाचार

नेपाल र श्रीलंका बिचको खेल आज राति ९ः४५ बजे

5 years ago Samaya Dristi 0
काठमाडौं ,१७ असोज । माल्दिभ्समा जारी १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले आज दोस्रो खेल खेल्दैछ । मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा नेपालले आज श्रीलंकाको सामना गर्नेछ । खेल राति ९ः४५ बजे सुरु हुनेछ । नेपाल श्रीलंकालाई हराएर लगातार दोस्रो जित निकाल्ने योजनामा छ । नेपाली टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङले श्रीलंकाविरुद्ध तीन थप समाचार

‘पोल विवाद’ मा कुलमान पछि हटे

5 years ago Samaya Dristi 0
काठमाडौं ,१७ असोज । ‘नेपाल विद्युत प्राधिकरण र इन्टरनेटरकेवल व्यवसायीबीच पोलभाडाको विषयलाई लिएर उत्पन्न विवाद तत्काललाई समाधान भएको छ । ऊर्जामन्त्री पम्फा भुषालको हस्तक्षेपपछि विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ पछि हटेका छन् । प्राधिकरण इन्टरनेट तथा केबलका तार काट्ने काम रोक्न सहमत भउको छ। प्राधिकरणले पोल भडा नतिरेको भन्दै इन्टरनेट तथा केबलका तार काट्न थप समाचार

आफूले मन्त्रिमा भाग खोजेको भन्ने समाचार झूटो – चोलेन्द्र शम्शेर जबरा

5 years ago Samaya Dristi 0
काठमाडौं ,१७ असोज । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले सर्वोच्च अदालत बार एसोसिएसनका पदाधिकारीहरूसँग मन्त्रिपरिषद् विस्तारमा आफूले पनि भाग खोजेको भन्ने समाचार झूटो भएको बताएका छन् । आइतबार सेतोपाटी र अनलाइनखबर डटकम र सोमबार कान्तिपुर दैनिकमा मन्त्रिमण्डल विस्तारमा प्रधानन्यायाधीश जबराका लागि पनि कोटा छुट्याउन दलका नेताहरूबीच छलफल भएको समाचार प्रकाशित भएको थियो। त्यसरी समाचार सार्वजनिक भएपछि थप समाचार

भाडा बढाउन नपाएपछि यातायात व्यवसायी आन्दोलित

5 years ago Samaya Dristi 0
काठमाडौं ,१७ असोज । यातायात व्यवसायीले स्थानीय रुटमा चल्ने सवारीको भाडा बढाउनुपर्ने माग राख्दै सोमबार चक्रपथमा सांकेतिक रुपमा गाडी तेर्साएर आन्दोलन गरेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी सञ्जीव शर्मा दासका अनुसार बिहान ७ बजेदेखि १० बजेसम्म चक्रपथको सुकेधारा, चाबहिल, गौशाला, कोटेश्वर, सातदोबाटो, कलंकीलगायत स्थानमा लाइन गाएर गाडी थन्क्याई व्यवसायी आन्दोलनमा उत्रिएका हुन् थप समाचार

नेपालमा दैनिक ७ करोडको बिजुली खेर

5 years ago Samaya Dristi 0
काठमाडौं ,१७ असोज । अहिले नेपाल विद्युत प्राधिकरणले आफ्ना र निजी क्षेत्रका विद्युत गृहबाट उत्पादित सबै विद्युत बिक्री गर्न सकेको छैन । यसबाट प्राधिकरणले दैनिक ५ करोडदेखि ७ करोड रुपैयाँको आम्दानी गुमाइरहेको छ । देशभित्र खपत हुन नसकेको बिजुली निर्यात गर्ने योजनाअनुसार ६ महिनाअघि नेपालले गरेको प्रस्तावमा भारत अझै अनिर्णित छ । नेपाल भारतमा प्रतिस्पर्धी थप समाचार