पौष १० गते २०७८
गण्डकीका आधाले पाए पूरा डोज, पहिलो डोज लगाउने ६५ प्रतिशत
पोखरा, १० पुष । गण्डकी प्रदेशका आधा जनसंख्याले कोभिडविरुद्धको पूरा डोज खोप पाएका छन् । २५ लाख जनसंख्या रहेको यहाँ ११ लाख ९३ हजार ६ सय ५८ जनाले पूरा डोज लगाएका छन् भने १५ लाख ८१ हजार नौ सय ४७ जनाले पहिलो डोज पाएका छन् ।
प्रदेशकै दुई जिल्ला मनाङ र मुस्ताङ पूर्ण खोपयुक्त भैसकेका छन् । मनाङमा पहिलो डोज लगाउने पाँच हजार दुई सय ३४ छन् भने चार हजार ६ सय १५ ले पूरा डोज पाएका छन् । मुस्ताङमा १४ हजार एक सय १० जनाले पहिलो खोप लगाएकोमा १३ हजार ६ सय २८ ले दोश्रो डोज पाइसके । अन्य नागरिकले फरक जिल्लामा पुगेर भए पनि खोप लगाइसकेको उल्लेख छ।
गोरखामा एक लाख ५२ हजार एक सय ४४ जनाले पहिलो डोज लगाएकोमा एक लाख ११ हजार सात सय ६५ ले दोश्रो डोज पाइसकेका छन् । म्याग्दीमा ६७ हजार तीन सय ४१ ले पहिलो डोज र ५५ हजार एक सय १० जनाले दोश्रो, कास्कीमा तीन लाख ८४ हजार एक सय ९४ जनाले पहिलो डोज र तीन लाख ९६ हजार आ७ सय ६३ जनाले दोश्रो डोज पाएका छन् । अन्य जिल्लामा पहिलो डोज लगाएर आएकाहरूले पनि कास्कीबाट दोश्रो डोज पाएकोले तथ्याङ्क तलमाथि परेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।