श्रावण १८ गते २०७८

नेपालमा मनसुनी वायुको प्रभाव : भारी वर्षाको सम्भावना

काठमाडौं, १८ साउन । नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ। हाल देशका अधिकांश भू(भागमा सामान्य बदली रही प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भैरहेको छ।

सोमबार देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन रचट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

प्रदेश १, बागमती, गण्डकी र सुदुर पश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन रचट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेकोले पहाडी भू-भूगमा भूक्षय, पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन मौसमपूर्वानुमान महाशाखाको अनुरोध छ।