कैलाशद्वारा माहासंघमा निर्वाचितहरुलाई बधाई तथा सम्मान
पोखरा, १७ माघ
कैलाश बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सदस्यहरुलाई हालै सम्पन्न नेपाल फोटोग्राफर महासंघमा निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई एक कार्यक्रमका विच बधाई तथा सम्मान गरेको छ ।
कैलाश बचत तथा ऋण सहकारी संस्थाल आयोजना गरेको पारिवारिक बनभोज तथा अन्तरक्रिया कार्यक्रमको अवसर पारेर उक्त सम्मान गरेको हो । कैलाश बचत तथा ऋण सहकारी संस्थाका पुर्व अध्यक्ष तथा सल्लाहकार दुर्गा प्रसाद पौडेल केन्द्रिय उपाध्यक्ष, तुलसीराम सुवेदी सचिव , पुर्व अध्यक्ष तथा सल्लाहकार जीवन ढुङ्गाना कोषाध्यक्ष,विजय जैसी सह–कोषाध्यक्ष,घनश्याम पौडेल,राममणि पौडेल,गुरु प्रसाद तिवारी,रविनाथ दाहाल,रामचन्द्र पोख्रेल,नारयण प्रसाद गौतम,सुरेशराज रेग्मी केन्द्रिय सदस्यमा र पोखरा फोटोग्राफर संघका अध्यक्ष भक्त तामाङ पदेन केन्द्रिय सदस्यमा फोटोग्राफर संघ गण्डकी का अध्यक्ष पदेन सचिवालय सदस्यमा निर्विरोध निर्वाचित भएका थिए ।कैलाश बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष खडानन्द अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा कार्यसमिति सदस्य पुर्णकुमारी थापाले सहकारीका सात सिद्धान्त वाचन, उपाध्यक्ष विनोद ढकालले स्वागत गरेका थिए । कार्यक्रमको संचालन संस्थाका सचिव बिष्णुहरी अधिकारीले गरेका थिए ।
पोखरा र पोखरा आसपार छरिएर रहेका फोटोग्राफर हरु द्वारा संचालित कैलाश बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुका विच पारिवारिक बनभोज आयोजना गरेको थियो । कार्यक्रममा फोटो कन्सर्न काडमाडौं का सिइओ दिनेश अर्याल लक्की ग्रुप प्रा.ली का ईश्वर श्रेष्ठ र नेपाल फोटोग्राफर महासंघका उपाध्यक्ष दुर्गा प्रसाद पौडेल ले आ आफ्नो भनाई राखेका थिए।
२०६८ सालमा स्थापना भएको सहकारीमा हाल सम्म १९५ शेयर सदस्य रहेका छन । संस्थाको शेयर पुंजी रु ३ करोड १० लाख २५ हजार बचत रु १० करोड ४५ लाख र ऋण लगानी ९ करोड ६४ लाख रहेको छ
संस्थाले फोटो फ्रेम उद्योग तथा फोटोग्राफरहरुलाई आवश्यक पर्ने सबैखाले सेवा उपलब्ध गर्दै आएको छ । संस्थाले फोटोग्राफरहरुका लागी कलर ल्याव फोटो प्रिन्ट,फ्लेक्स प्रिन्ट मायाको चिनो, फोटो फ्रेमहरु,ब्यानर,फोटोग्राफी सामानहरु र बिभिन्न समयमा फोग्राफर हरुको शिप र दक्षता बृद्धिका लागी बिभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको छ ।
काठमाडौँ,१८ पुष । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड- नेपाल खेमाको प्रदर्शनका नारालाई इंगित गर्दै ‘गोरु नाङ्गो देख्दा आफुलाई लाज नलाग्ने’ दाबी गरेका छन्। उनले प्रचण्ड (नेपाल पक्षलाई लक्षित गर्दै...
Read More
हेटौंडा,२५ पुस । माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जम्कट्टेल बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । ७० प्रदेशसभा सदस्यको समर्थनसहित दाबी पेश गरेका जम्कट्टेललाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले...
Read More
पोखरा, चैत ३० गते । साहित्यकार कुमारी लामाको निबन्ध सङ्ग्रह ‘दज्र्यु संलाप’ माथि शनिवार पोखरामा चर्चा गरिएको छ । र्यान्डम रिडर्स सोसाइटीद्वारा आयोजित कार्यक्रममा कृतिमाथि परिचर्चा गर्दै साहित्यकार कुमार...
Read More
पोखरा, साउन २३ गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल जीवनले पोखरा २२ को पुम्दी—भुम्दी स्थित नियालेडाँडालाई पनि पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नुपर्ने बताएका छन्। कालाबाङ घरेडी पोखरा तमु समाजको आमा...
Read More