कैलाशद्वारा माहासंघमा निर्वाचितहरुलाई बधाई तथा सम्मान
पोखरा, १७ माघ
कैलाश बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सदस्यहरुलाई हालै सम्पन्न नेपाल फोटोग्राफर महासंघमा निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई एक कार्यक्रमका विच बधाई तथा सम्मान गरेको छ ।
कैलाश बचत तथा ऋण सहकारी संस्थाल आयोजना गरेको पारिवारिक बनभोज तथा अन्तरक्रिया कार्यक्रमको अवसर पारेर उक्त सम्मान गरेको हो । कैलाश बचत तथा ऋण सहकारी संस्थाका पुर्व अध्यक्ष तथा सल्लाहकार दुर्गा प्रसाद पौडेल केन्द्रिय उपाध्यक्ष, तुलसीराम सुवेदी सचिव , पुर्व अध्यक्ष तथा सल्लाहकार जीवन ढुङ्गाना कोषाध्यक्ष,विजय जैसी सह–कोषाध्यक्ष,घनश्याम पौडेल,राममणि पौडेल,गुरु प्रसाद तिवारी,रविनाथ दाहाल,रामचन्द्र पोख्रेल,नारयण प्रसाद गौतम,सुरेशराज रेग्मी केन्द्रिय सदस्यमा र पोखरा फोटोग्राफर संघका अध्यक्ष भक्त तामाङ पदेन केन्द्रिय सदस्यमा फोटोग्राफर संघ गण्डकी का अध्यक्ष पदेन सचिवालय सदस्यमा निर्विरोध निर्वाचित भएका थिए ।कैलाश बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष खडानन्द अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा कार्यसमिति सदस्य पुर्णकुमारी थापाले सहकारीका सात सिद्धान्त वाचन, उपाध्यक्ष विनोद ढकालले स्वागत गरेका थिए । कार्यक्रमको संचालन संस्थाका सचिव बिष्णुहरी अधिकारीले गरेका थिए ।
पोखरा र पोखरा आसपार छरिएर रहेका फोटोग्राफर हरु द्वारा संचालित कैलाश बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुका विच पारिवारिक बनभोज आयोजना गरेको थियो । कार्यक्रममा फोटो कन्सर्न काडमाडौं का सिइओ दिनेश अर्याल लक्की ग्रुप प्रा.ली का ईश्वर श्रेष्ठ र नेपाल फोटोग्राफर महासंघका उपाध्यक्ष दुर्गा प्रसाद पौडेल ले आ आफ्नो भनाई राखेका थिए।
२०६८ सालमा स्थापना भएको सहकारीमा हाल सम्म १९५ शेयर सदस्य रहेका छन । संस्थाको शेयर पुंजी रु ३ करोड १० लाख २५ हजार बचत रु १० करोड ४५ लाख र ऋण लगानी ९ करोड ६४ लाख रहेको छ
संस्थाले फोटो फ्रेम उद्योग तथा फोटोग्राफरहरुलाई आवश्यक पर्ने सबैखाले सेवा उपलब्ध गर्दै आएको छ । संस्थाले फोटोग्राफरहरुका लागी कलर ल्याव फोटो प्रिन्ट,फ्लेक्स प्रिन्ट मायाको चिनो, फोटो फ्रेमहरु,ब्यानर,फोटोग्राफी सामानहरु र बिभिन्न समयमा फोग्राफर हरुको शिप र दक्षता बृद्धिका लागी बिभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको छ ।
पोखरा, १६ असोज । कास्कीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) परिवर्तन भएको छ । थानेश्वर गौतमको स्थानमा सहसचिव जयनारायण आचार्य आउने बताइएको छ । आचार्य नेपाल-चीनबीचका सीमास्तम्भहरूको अध्ययन गर्न सरकारी टोलीको...
Read More
काठमाडौं, १२ माघ । लेखक तथा पत्रकार नारायण वाग्लेले शान्तिपूर्ण आन्दोलनमाथि प्रहरीले दमन गरेको बताएका छन्। आज बालुवाटारमा नागरिक आन्दोलनमाथि प्रहरीले लाठीचार्ज र पानीका फोहरा हान्दा केही मानिस घाइते...
Read More
कमल पौडेल अथकपोखरा ४, मंसिर नेपाली काँग्रेसको चौँधौँ महाअधिबेशन अन्तर्गत शुक्रवार सम्पन्न भएको प्रदेश अधिवेशनमा स्याङ्जा जिल्ला क्षेत्र नं।१ प्रदेश सभा९क० को सभापतिमा केशर बहादुर खाँण ९ध्रुव० ३६२ मत...
Read More