वैशाख २६ गते २०७८

कोरोना भाइरस बाट पोखरामा आइतबारमात्रै १२ जनाको निधन

पोखरा ,२६ वैशाख । पोखरामा आइतबार थप एक जनाको कोरोनाबाट मृत्यु पुष्टि भए संगै मृतकको संख्या १२ पुगेको छ।

मृतक पर्वत जिल्ला फलेवास नगरपालिका (५ निवासी ६४ वर्षीय पुरुष रहेका छन् । गत शुक्रबार कोरोना पोजेटिभ पुष्टि भएर उपचारका लागि संक्रामक तथा सरुवा रोग अस्पताल पोखरा भर्ना भएका उनको उपचारकै क्रममा आज बिहान ९स्३२ बजेको समयमा मृत्यु भएको हो ।

मृतक पुरुषमा कोरोनासंगै निमोनियाको समस्या रहेको अस्पतालले जनाएको छ। आज मात्रै मृत्यु पुष्टि भएका १२ सहित गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २६३ पुगेको निर्देशनालयका प्रमुख डा. विनोद विन्दु शर्माले जानकारी दिए।