माघ २९ गते २०७७
पोखरामा पार्किङ शुल्क तत्काल खारेज गर्न माग गर्दै मेयरलाई ज्ञापनपत्र पेश
कमल पौडेल अथक
पोखरा २९, माघ
नेकपा माओवादी केन्द्र तमुवान गण्डकी प्रदेशले पोखराको सडकमा उठाउँदै आएको पार्किङ शुल्क तत्काल खारेज गर्न माग गर्दै पोखराका मेयर मानवहादुर जिसीलाई विहीवार ज्ञापन पत्र वुझाएको छ ।
सो पत्रमा गरी खाने मजदू्र र चालकहरुको हित विपरित जथाभावि पार्किङ शुल्क उठाइएको भन्दै तत्काल सो कार्य वन्द गर्न माग गरिएको हो ।
सो पार्टीका प्रदेश प्रमुख भोजराज त्रिपाठीद्धारा हस्ताक्षरित ज्ञापन पत्रमा पार्किङ उठाउने कार्यको घोर भ्रत्सर्ना समेत गरिएको छ । पार्टीले गरेको आग्रहलाइ महानगरले स्वीकार नगरेमा यसवाट उत्पन्न हुने परिणामप्रति स्वयं महानगरपालिका नै जवाफदेही हुनु पर्ने त्रिपाठीले चेतावनी दिएका छन् ।
अदालतले नै पार्किङ शुल्कवारे परेको रिट निवेदनमा तत्काल बन्द गर्न आदेश दिएपनि महानगरपालिकाले सो शुल्क असुली गर्दै आएको छ । यसैगरी नरवहादुर सेन्चुरी लगायतका पोखराका १५ जना ट्याक्सी चालकहरुले पनि संयुक्त हस्ताक्षर गर्दै पार्किङ शुल्क उठाउन तत्काल बन्द गर्नु पर्ने माग गरेका छन् ।