पौष १० गते २०७८
मानव मिलनद्धारा न्यानो कपडा वितरण
पोखरा, १० पुष ।
मानव मिलन संस्थाले पोखरा महानगरपालिका–३ कपिलढुंगामा रहेको सिर्जनशिल अपांगता समाजका सदस्यहरुलाई ४० थान कम्बल वितरण गरेको छ ।
संस्थाका संस्थापक नेपाल केसरी डा. मणिभद्र मुनिजी र वडा नं. ३ का वडा अध्यक्ष रबिन्सन प्रजुले शनिबार समाजका सदस्य तथा जेष्ठ नागरिकहरुलाई कम्बल हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा बोल्दै डा. मणिभद्रले हरेक मानवमा सहयोगको भावना जागृह हुनुपर्ने बताए । त्यस्तै वडा अध्यक्ष रबिन्सन प्रजुले संस्थाले राम्रो कार्य गरेको भन्दै प्रशंसा गरे । वडाको तर्फबाट सक्दो सहयोग हुनेपनि उनले बताए ।
सो अवसरमा वडा ३ का समजसेवी भुपाल गुरुङ, अग्रज पत्रकार कृष्णप्रसाद बास्तोला, समाजका केन्द्रीय अध्यक्ष फणिन्द्रप्रसाद पौडेल लगायतले बोलेका थिए ।