समाचार

संकटालाई आहा ! रारा पोखरा गोल्डकपको उपाधि

4 years ago Samaya Dristi 0
पोखरा, २३ पुस । संकटा फुटबल क्लबले २२ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकप फुटबलको उपाधि जितेको छ । पोखरा रंगशालामा शनिबार भएको फाइनलमा अमेरिकाको भुटनीज युथ सकर क्लब युएसएलाई अतिरिक्त समयमा ३-२ गोल अन्तरले हराउँदै संकटा च्याम्पियन बनेको हो । रोमान्चक खेलको अतिरिक्त समयमा कप्तान सुनिल बलले गोल गरेपछि संकटा च्याम्पियन बनेको हो थप समाचार

धुवाँले निस्सासिएर भारतमा तीन नेपालीको मृत्यु

4 years ago Samaya Dristi 0
धनगढी, १८ पुस । भारतमा तीनजना नेपालीको ज्यान गएको छ। रोजगारीका सिलसिलामा भारतमा रहेका डोटीका एकै परिवारका तीन जनाको निस्सासिएर मृत्यु भएको हो। डोटीको बडिकेदार गाउँपालिका–५ लाना घर भएर हाल कैलालीको गौरिगंगा नगरपालिका–१ गोप्का बस्ने एकै परिवारका तीन जनाको भारतको मेरठमा मृत्यु भएको बताइएको छ। कोठामा कोइला (रेलमा प्रयोग हुने) बालेर सुतिरहेको अवस्थामा चन्ने भुल, थप समाचार

प्रधानमन्त्रीले पुस २६ गते विश्वासको मत लिने

4 years ago Samaya Dristi 0
काठमाडौं, १८ पुस  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुस २६ गते संसद बैठकमा विश्वासको मत लिने भएका छन्। संघीय संसद सचिवालयका महासचिवलाई सोमबार पत्र पठाउँदै प्रचण्डले पुस २६ गतेको बैठकमा विश्वासको मत लिने व्यवस्था मिलाउन आग्रह गरेका हुन्। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको अधिवेशन पुस २५ गतेका लागि आह्वान गरेकी छिन्। पुस २६ थप समाचार

कुमारी र एनसिसी बैंक गाभिए

4 years ago Samaya Dristi 0
काठमाण्डौ, १८ पुस । कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स (एनसिसी) बैंकको आजदेखि एकीकृत कारोबार सुरु भएको छ । दुबै बैंक एकआपसमा गाभिएपछि कुमारी बैंककै नामबाट आजदेखि एकीकृत कारोबार सुरु भएको हो ।गत मङ्सिर २५ गते दुवै बैंकले छुट्टाछुट्टै विशेष साधारणसभामार्फत एकआपसमा गाभिने प्रस्ताव पारित गरेका थिए । नेपाल राष्ट्र बैंकले यही पुस ६ थप समाचार

पेस्तोल सहित भारतीय नागरिक पक्राउ

4 years ago Samaya Dristi 0
वीरगञ्ज, १८ पुस । बाराको सीमावर्ती नाका गुलरियाबाट सशस्त्र प्रहरीले पेस्तोलसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारतको बिहार पूर्वी चम्पारण मोतिहारी जिल्ला मोतिहारी नगरपालिका वडा नं १६ बस्ने ४० वर्षीय चन्दन कुमारलाई पक्राउ गरेको हो । आइतबार साँझ पक्राउ परेका चन्दनको साथबाट एक थान पेस्तोल, म्याग्जिन र ७ राउन्ड गोली बरामद गरेको सशस्त्र प्रहरी थप समाचार

चर्च व्वाइज द्धारा मच्छिन्द्र क्लब ३-१ ले पराजित

4 years ago Samaya Dristi 0
पोखरा, १८ पुस । पोखरामा जारी २२ औँ संस्करणको आहा १ रारा पोखरा गोल्डकपअन्तर्गत आज भएको खेलपछि मच्छिन्द्र क्लब प्रतियोगिताबाट बाहिरिएको छ। क्वार्टर फाइनलअन्तर्गतको दोस्रो खेलमा आज पोखरा रङ्गशालामा भएको खेलमा शहीद स्मारक ‘ए’ डिभिजन लिगको नवप्रवेशी टोली चर्च ब्वाइज युनाइटेड क्लबले मच्छिन्द्रलाई पराजित गरेको हो। योसँगै चर्च ब्वाइज आहा १ रारा पोखरा गोल्डकपको सेमिफाइनलमा थप समाचार

गृहमन्त्रीद्वारा सीडीओ र सुरक्षा प्रमुखसंगभर्चुअल बैठक आह्वान

4 years ago Samaya Dristi 0
काठमाण्डौ, १८ पुस । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले ७७ वटै प्रमुख जिल्ला अधिकारी र जिल्लास्थित सुरक्षा प्रमुखको संयुक्त बैठक बोलाएका छन् । सोमबार बिहान ९ बजे भर्चुअल बैठक डाकिएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीका साथै जिल्ला सुरक्षा समितिमा रहेका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र थप समाचार

केही दिन चिसो अझै बढ्ने सतर्क रहन विज्ञहरुको सुझाव

4 years ago Samaya Dristi 0
काठमाण्डौ, १८ पुस । देशभर केही दिनदेखि चिसो ह्वात्तै बढेको छ । एक/दुई दिन अझै चिसो बढ्ने भएकाले सावधानी अपनाउन मौसमविदले आग्रह गरेका छन् । हिमाली र उच्च पहाडी क्षेत्रको तापक्रम माइनसबाट पनि ओरालो लागेको छ। जुम्ला, जोमसोम, जिरी लगायतका ठाउँको तापक्रम माइनसभन्दा पनि कम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अरु ठाउँमा पनि थप समाचार

बढेको दूधको मूल्य फिर्ता

4 years ago Samaya Dristi 0
काठमाण्डौ, १८ पुस । केही निजी डेरी उद्योगीहरुले आफूखुशी बढाएको दूधको मूल्य फिर्ता भएको छ । डेरी उद्योग सङ्घ र सङ्घमा आबद्ध डेरी उद्योगीले अस्ति शनिवारदेखि लागू हुनेगरी प्रतिलिटर १४ रुपैयाँले बढाएको भाउ फिर्ता भएको हो । सरोकारवाला निकायसँग छलफल गरी बढेको मूल्य तत्काललाई स्थगित गरिएको राष्ट्रिय दुुग्ध विकास बोर्डले जनाएको छ । राष्ट्रिय दुग्ध थप समाचार

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका परिकल्पनाकार पाठकलाई नागरिक अभिनन्दन

4 years ago Samaya Dristi 0
पोखरा, १८ पुस । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलको परिकल्पना गर्नुहुने तत्कालीन गण्डकी अञ्चलका अञ्चलाधीश शङ्करराज पाठकलाई पोखरामा रथारोहणसहित नागरिक अभिनन्दन गरिएको छ । पोखरा महानगरपालिकाले ९१ वर्षीय पाठकलाई हिजो अमरसिंह चौरदेखि विमानस्थलसम्म रथारोहणसहित अभिनन्दन गरेको हो । विमानस्थल उद्घाटनअघि हजारौँ पोखरेलीको सहभागितामा रथारोहण गरिएको हो । पोखरामा २०२९ सालदेखि २०३४ सालसम्म अञ्चलाधीश रहनुभएका पाठकले पोखरामा अन्तर्राष्ट्रिय थप समाचार