समाचार

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका परिकल्पनाकार पाठकलाई नागरिक अभिनन्दन

4 years ago Samaya Dristi 0
पोखरा, १८ पुस । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलको परिकल्पना गर्नुहुने तत्कालीन गण्डकी अञ्चलका अञ्चलाधीश शङ्करराज पाठकलाई पोखरामा रथारोहणसहित नागरिक अभिनन्दन गरिएको छ । पोखरा महानगरपालिकाले ९१ वर्षीय पाठकलाई हिजो अमरसिंह चौरदेखि विमानस्थलसम्म रथारोहणसहित अभिनन्दन गरेको हो । विमानस्थल उद्घाटनअघि हजारौँ पोखरेलीको सहभागितामा रथारोहण गरिएको हो । पोखरामा २०२९ सालदेखि २०३४ सालसम्म अञ्चलाधीश रहनुभएका पाठकले पोखरामा अन्तर्राष्ट्रिय थप समाचार

एकीकृत समाजवादीले सरकारमा जाने या नजानेबारे निर्णय आज गर्ने

4 years ago Samaya Dristi 0
काठमाण्डौ, १८ पुस । सरकारमा जाने या नजाने विषयमा एकीकृत समाजवादीले आज निर्णय गर्ने भएको छ । आज बस्ने पोलिटब्युरो बैठकले यसबारे निर्णय गर्ने पार्टीले जनाएको छ । हिजो बसेको स्थायी कमिटी बैठकले आज बिहान ११ बजे पोलिटब्युरो बैठक बोलाउने निर्णय गरेको थियो । हिजोको बैठकपछि समाजवादीका सम्मानित नेता झलनाथ खनालले नयाँ गठबन्धन खिचडीजस्तो भएको थप समाचार

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन

4 years ago Samaya Dristi 0
पोखरा १७,पुष पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड द्वारा उद्घाटन गरिएको छ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आएर प्रचण्डले दियो बालेर विमानस्थलको उद्घाटन गरेका हुन  । देशकै प्रमुख पर्यटकीय गन्तव्य पोखरामा निर्माण भएको पोखरा अन्र्तराष्ट्रिय विमानस्थल उद्घाटन समारोहमा व्यापक जनसहभागिता समेत रहेको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगै अर्थ मन्त्री विष्णु पौडेल बिहान थप समाचार

धरानलाई हराउँदै एपीएफ सेमिफाइनलमा

4 years ago Samaya Dristi 0
पोखरा,१६ पुस । साविक विजेता एपीएफ क्लब २२ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा शनिबार भएको पहिलो क्वाटरफाइनलमा धरान फुटबल क्लबलाई २-० गोल अन्तरले हराउँदै एपीएफ अन्तिम चारमा पुगेको हो । एपीएफलाई जित दिलाउन बिकु तामाङ र युवराज खड्काले एक एक गोल गरे । खेलको ३७ औं थप समाचार

पोखरा महानगरपालिका र शैक्षिक संस्थाहरुमा आईतबार बिदा

4 years ago Samaya Dristi 0
पोखरा, १६ पुस । पोखरा महानगरपालिकाले आईतबार महानगर कार्यालय तथा शैक्षिक संस्थाहरुमा बिदा दिने भएकाे छ । पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलको पुस १७ गते उद्घाटन गरिने र यसको आयोजना समारोहको लागि व्यापक जनसहभागिता रहोस् भन्ने उद्येश्यले आईतबार पुस १७ गते बिदा गरिएको महानगरका प्रमुख प्रशासकीय अधिकृत बीरेन्द्रदेव भारतीले जारी गरेको सूचनामा जनाईएको छ । सो थप समाचार

विद्यालय स्तरिय लोकनृत्य पतियोगितालाई वण्डर ब्राण्ड स्वीच एण्ड युनि एक्सपर्ट ब्राण्ड तथा विवस ईलेक्ट्रिक्स प्रालिको सहयोग

4 years ago Samaya Dristi 0
पोखरा, १६ पुष । एघारौं पोखरा महोत्सव विद्यालय स्तरिय लोकनृत्य पतियोगितालाई वण्डर ब्राण्ड स्वीच एण्ड युनि एक्सपर्ट ब्राण्ड तथा विवस ईलेक्ट्रिक्स प्रालिले प्रायोजकमा रही सहयोग गर्ने भएको छ । युनाईटेड क्लवको आयोजनामा आगामी पुषको २७ देखि माघको ९ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने एघारौं संस्करणको पोखरा महोत्सवमा आयोजना हुने विद्यालय स्तरिय लोकनृत्य प्रतियोगितामा थप समाचार

१३९ औं लेखनाथ जन्मजयन्तीको मूल कार्यक्रममा विभिन्न पुरस्कार  

4 years ago Samaya Dristi 0
    लेखनाथ । कवि शिरोमणि लेखनाथ पौड्यालको १३९ औं जन्मजयन्तीको पोखरा २७ अर्चलेमा भएको मूल कार्यक्रममा विभिन्न पुरस्कार प्रदान गरिएका छन् । कवि शिरोमणि लेखनाथ पौड्याल जन्मस्थल विकास समिति, पोखरा प्रज्ञा प्रतिष्ठान, लेखनाथ साहित्य प्रतिष्ठान लेखनाथ पत्रकार मञ्च लगायतका संस्थाद्धारा आयोजित लेखनाथको १३९ औं जन्मजयन्ती कार्यक्रममा साहित्य, शिक्षा, सांस्कृतिक तथा पत्रकारिता क्षेत्रमा योगदान पु¥याउने थप समाचार

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चल्ने भएसँगै वायुसेवा कम्पनीहरू उत्साहित

4 years ago Samaya Dristi 0
पोखरा, १५ पुष। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने भएसँगै नेपाली वायुसेवा कम्पनीहरु उत्साहित भएका छन्। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार (जनवरी १ तरिख) देखि व्यावसायिक उडान हुने भएसँगै नेपाली वायु सेवा कम्पनीहरु उत्साहित देखिएका हुन्। वायुसेवा कम्पनीहरुले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यवसायिक उडान हुनु नेपालको पर्यटन क्षेत्रमा कोषेढुङ्गा सावित हुने विश्वास व्यक्त गरेका छन्। कम्पनीहरुले नेपालमा तेस्रो थप समाचार

पुलिसलाई हराउँदै चर्च ब्वाइज क्वाटरफाइनलमा

4 years ago Samaya Dristi 0
पोखरा,१५ पुष । चर्च ब्वाइज युनाईटेड फुटबल क्लबले २२ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकपको क्वाटरफाइनलमा स्थान बनाएको छ । पोखरा रंगशालामा शुक्रबार विभागीय टोली नेपाल पुलिस क्लबलाई अतिरिक्त समयमा २-१ गोल अन्तरले हराउँदै चर्च ब्वाइजले क्वाटरफाइनलमा स्थान बनाएको हो । चर्च ब्वाइजलाई जित दिलाउन अन्जन विष्ट र अन्नत तामाङले एक एक गोल गरे थप समाचार

पोखरा वृद्धाश्रमलाई धादिङ-पोखरा सम्पर्क समाजको सहयोग

4 years ago Samaya Dristi 0
पोखरा, पुस १३ । धादिङ-पोखरा सम्पर्क समाजले बुधबार पोखरा वृद्धाश्रममा आर्थिक सहयोग गरेको छ । समाजको १२ औं अधिवेशनबाट निर्वाचित रामप्रसाद पाण्डे (राजु) नेतृत्वको नयाँ कार्यसमितिले पदभार ग्रहण गरेलगत्तै पोखरा महानगरपालिका वडा नं. १७ सीतापाइलास्थित वृद्धाश्रममा पुगेर आर्थिक सहयोग गरेको हो । सहयोग रकम ११ हजार ८१५ रुपैयाँ नगद रहेको छ । समाजका अध्यक्ष पाण्डेले थप समाचार