माघ १० गते २०७९

फागुन २३ मा पल्सर स्पोर्ट्स अवार्ड

ललितपुर, १० माघ ।

पल्सर स्पोर्टस् अवार्डको यो संस्करणमा खेलाडी तथा प्रशिक्षकले पाँचवटा मोटरसाइकल पुरस्कार पाउने भएका छन्।

नेपाल खेलकुद पत्रकार मञ्च९एनएसजेएफ० को आयोजनामा आगामी फागुन २३ गते हुने पल्सर स्पोर्ट्स अवार्डको १९औं संस्करणमा थप एक विधामा समेत मोटरसाइकल पुरस्कार दिइने भएको हो।

यो पटक वर्ष खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक, पिपल्स च्वाइस गरी कुल पाँच विधाका विजेताले बजाज पल्सर मोटरसाइकल पुरस्कार पाउनेछन्। विगतमा मञ्चले वर्ष खेलाडी पुरुष, महिला, पिपल्स च्वाइस र प्रशिक्षक गरी चार विधाका विजेतालाई मोटरसाइकल प्रदान गर्दै आएको थियो। यो पटक वर्षका युवा खेलाडीलाई पनि मोटरसाइकल प्रदान गर्ने मञ्चले जनाएको छ।

मुख्य प्रायोजकका रूपमा पुनस् हंसराज हुलासचन्द एण्ड कम्पनीको बजाज पल्सर मोटरसाइकलसँग आगामी पाँच वर्षका लागि मञ्चले नवीकरण गरेको छ। कम्पनीसँग मञ्चको ​१४औँ वर्षको सहकार्य हो। सोमबार सम्झौता पत्रमा एनएसजेएफका तर्फबाट अध्यक्ष दुर्गानाथ सुवेदी ९देवेन्द्र० र हंसराज हुलासका तर्फबाट प्रबन्ध निर्देशक अभिमन्यु गोल्छाले हस्ताक्षर गरेका छन्।