माघ ७ गते २०७९
राष्ट्रपति निर्वाचन फागुनको तेस्रो साता
काठमाडौं, ०७ पुस ।
काठमाडौं स् निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचन फागुनको तेस्रो साता गर्ने तयारी गरेको छ। राष्ट्रपतिको पदावधि फागुन २८ गते सकिँदैछ।
शनिबारको गोरखापत्र दैनिकमा समाचार छ, राष्ट्रपतिको निर्वाचनलाई लिएर ऐन र संविधान बाझिएको छ। राष्ट्रपतिको पदावधि पाँच वर्षको हुने संवैधानिक व्यवस्था छ तर राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ बमोजिम पदावधि सकिनुभन्दा एक महिना अगावै दुवै पदको निर्वाचन हुनुपर्ने उल्लेख छ।
ऐनअनुसार यही माघ २८ गतेभित्रै राष्ट्रपतिको निर्वाचन हुनुपर्ने र त्यसका लागि पुस महिनाभित्रै निर्वाचनको मिति घोषणा गरेर आयोगले निर्वाचन कार्यक्रम प्रकाशित गर्नुपर्ने थियो। तर माघ पहिलो साता बित्दा पनि आयोगले निर्वाचनको मिति घोषणा गरेको छैन।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने, ‘संविधान र ऐनमा असामञ्जस्य छ। सुरक्षित अवतरणका लागि आयोग छलफलमा छ। छिट्टै निर्णय हुनेछ।’ आयोगले सरकारसँगको परामर्शमा राष्ट्रपति निर्वाचनको मिति घोषणा गर्ने कानुनी व्यवस्था छ।