माघ ७ गते २०७९

वडाध्यक्ष अधिकारी धरौटीमा रिहा

पोखरा, ०७ पुस ।

वडा सदस्यलाई जातीय विभेद गरेको आरोप लागेका पोखरा महानगरपालिका २४ का वडाध्यक्ष भरतबहादुर अधिकारी धरैटीमा शुक्रवार ३ः३० बजे रिहा भएका छन् ।वडाध्यक्ष अधिकारीमाथि दलित महिला सदस्यलाई जातीय विभेद गरी अपमानजनक शब्द बोलेको आरोपमा छ । वडा सदस्य मैया नेपालीले वडाध्यक्ष अधिकारीले विभेदजन्य शब्द प्रयोग गरेर अपमान गरेको भन्दै गत आइतबार जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दर्ता गरेकी थिइन् । फरार रहेका अधिकारी पुस २६ गते बिहान आफैँ जिल्ला प्रहरी कार्यालय पुगेका थिए ।

त्यसपछि प्रहरीले उनलाई पक्राउ थियो । प्रहरी स्रोतले घटनाबारे छानबिन गर्न अधिकारीविरुद्ध पुस २६ गते नै म्याद थप गरेर अनुसन्धान गरेको थियो ।अधिकारीलाई शुक्रवार दिउसो ३ः३० बजे जिल्ला प्रहरी कार्यलय कास्कीले १ लाख ५० हजार धरैटिमा रिहाइ गरेको हो ।