माघ ७ गते २०७९

१४ शवको पहिचान गर्न डीएनए परीक्षण गरिने

पोखरा, ०७ पुस ।

पोखरामा आइतबार भएको यती एयरलाइन्सको एटीआर ७२ विमान दुर्घटनाका मृतकमध्ये १४ जनाको शव पहिचान गर्न डीएनए परीक्षण गरिने भएको छ । दुर्घटनामा फेला परेकामध्ये १४ वटा शव पूरै जलेको र टुक्रा९टुक्रा भएकाले डीएनए परीक्षण गर्नुपर्ने भएको छ । डीएनए परीक्षणका लागि कम्तीमा दुई महिना लाग्ने विज्ञहरूको भनाइ छ ।

नराम्रोसँग जलेका, अंगभंग भएका बाँकी १४ शवको पहिचान गर्न डीएनएबिना सम्भव नभएको त्रिवि शिक्षण अस्पताल फरेन्सिक मेडिसिन विभागले जनाएको छ । विभागका अनुसार डीएनए परीक्षणपछि मात्र ती शव आफन्तलाई बुझाइनेछ । त्रिवि शिक्षण अस्पताल फरेन्सिक विशेषज्ञ डा। गोपाल चौधरीका अनुसार पहिचान नभएका मध्ये धेरैजसो शव जलेर नचिनिने अवस्थामा छ ।

कसैको हात, करङ र टाउकाको भाग छुट्टाछुट्टै छ । एउटै शवमा दुई तीन जनाले दाबी गरेका छन् । उहाँले फिंगर प्रिन्ट, दाँत र शरीरको बनावटका आधारमा शवको पहिचान गर्ने कोसिस गरिरहेको बताउनुभयो । दुर्घटनामा परेकामध्ये पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २२ जनाको शव पहिचान गरी आफन्तलाई बुझाइएको थियो । बाँकी ४८ वटा शव मंगलबार राजधानी लगिएको थियो ।