माघ ७ गते २०७९
सांसद कोइरीलाई पक्राउ गर्न गृहको निर्देशन
काठमाडौं, ०७ पुस ।
कर्तव्य ज्यान मुद्दाको अभियोगमा फरार सूचीमा रहेका सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ ।
हिजो शुक्रवार मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले विज्ञप्तिमा कोइरीलाई पक्राउ गरी तत्काल कारबाही प्रक्रिया अगाडि बढाउन निर्देशन दिइएको उल्लेख छ । विज्ञप्तिमा गृहमन्त्रीले पटकपटक मौखिक निर्देशन दिँदा पनि सांसद कोइरी पक्राउ नपरेकोमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।
महोत्तरी क्षेत्र नं १ बाट प्रतिनिधि सभामा विजयी एमाले सांसद कोइरीमाथि कर्तव्य ज्यान मुद्दाको अभियोग लागेको छ । यसअघि अस्ति बिहीवार सांसद कोइरी संसद् बैठकमा उपस्थित भइरहँदा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कुनै कारबाही बढाउन नसकेको भन्दै नेपाली कांग्रेसका सांसदहरूले प्रश्न उठाएका थिए ।
त्यतिबेला पत्रकारसँग प्रतिक्रिया दिँदै गृहमन्त्री लामिछानेले कतिपय अवस्थामा दोषी व्यक्तिलाई कानुन सम्मत रुपमा पक्राउ गर्न संरचनागत कठिनाइ रहेको बताउनुभएको थियो ।