माघ १ गते २०७९

पोखरामा यती एयरलाइन्सको विमान दुर्घटना

कास्की, ०१ माघ ।

पोखरामा जहाज दुर्घटना भएको छ । काठमाडौँबाट पोखराका लागि उडेको यति एयरलाइन्सको विमान आइतबार बिहान पोखरा विमानस्थलबाट नजिकै रहेको सेती खोचमा दुर्घटना भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका उपप्रबन्धक ज्ञानेन्द्र भुलले जानकारी दिए । विमान काठमाडौँबाट ११ बजेर ५ मिनेटमा उडेको थियो ।

उनका अनुसार यति एयरलाइन्सको ६९ल् कल साइन दुर्घटना भएको हो । माथिबाट तल झरेको भन्ने जानकारी पाएको उनले बताए । उनका अनुसार विमानमा क्रु मेम्बरसहित ७२ जना सवार थिए ।

कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले दुर्घटना भएको सूचना आएको र अस्पताल र एम्बुलेन्स हाई अलर्टमा राख्न भनेको बताए ।