पौष २५ गते २०७७

गण्डकी प्रदेश प्रशिक्षण द्धारा सेवाकालिन तालिम संचालन

पोखरा, पुस २५ ।

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान पोखराको आयोजनामा गण्डकी प्रदेशभित्रका संघ, प्रदेश र स्थानिय तहमा कार्यरत सहायक स्तरका कर्मचारीहरुको लागि ३५ दिने सेवाकालिन तालिम संचालन भईरहेको छ । पौष २२ देखि शुरु भएको सो कार्यक्रमको गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङ्गले उद्घाटन गर्नुभएको थियो ।
उक्त सेवाकालिन तालिममा बित्तिय संघियता, बित्तिय जोखिम न्युनिकरण, सूचनाको हक र सकरात्मक सोचको बिकास जस्ता बिषयमा दुई दिन सम्म पोखरामा रहेर पुर्व प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटाले सहजिकरण गर्नुहुने कार्यलयका प्रशिक्षण तथा अनुसन्धान अधिकृत टापेन्द्र रिजालले जानकारी दिनुभयो ।