भाद्र १४ गते २०७८

ईश्वर पोखरेल भन्छन् एमालेको अध्यक्षका लागि योग्य छु

काठमाडौं,१४ भदौ । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टी अध्यक्षमा दावी गर्न आफू योग्य रहेको बताएका छन् । तर उम्मेदवार हुने नहुने भन्ने देशको परिस्थिति र कार्यकर्ताको चाहनामा भर पर्ने उनले बताए ।

सोमबार पत्रकारसँगको कुराकानीमा उनले आफू क्षमता, निष्ठा, इतिहास र निरन्तरताका आधारमा एमालेको अध्यक्षका लागि नेता हुनका लागि आफू योग्य रहेको बताए । ‘म व्यक्तिगत ढंगले भने मेरो हिस्ट्री मेरो निरन्तरताले मेरो क्षमता, म डिजर्भ गर्छु भनिरहनै परेन’ उनले भने, ‘तर देशको परिस्थिति कस्तो हुन्छ, देशभरिको कार्यकर्ताको चाहना के हुन्छ रु’

आफू उम्मेदवार भए पनि कार्यकर्ताको चाहना नभएमा उम्मेदवार हुनुको कुनै अर्थ नहुने पोखरेलले बताए । नेकपा एमालेको आगामी महाधिवेशन २०७९ साल बैशाख बैशाख १० गते भित्र सम्पन्न गरिसक्नुपर्नेछ ।

महासचिव पोखरेलले त्यसैको तयारीका लागि पार्टीले आगामी असोज पहिलो हप्ता विधान महाधिवेशनको आयोजना गरिएको पनि बताए ।