नवौं राष्ट्रिय खेलकुद ः फेन्सिङमा दोस्रो दिन राजेन्द्र, रमा र ओमकारलाई स्वर्ण
पोखरा, २६ असोज नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत दोस्रो दिन फेन्सिङ एकल सेवर तर्फ एपिएफका राजेन्द्र गजुरेल, महिला तर्फको फोयलमा आर्मीकी रमा सिंह र पुरुष तर्फको इपिमा बागमती प्रदेशका ओमकार सिंहले स्वर्ण पदक जिते ।
एपिएफका गजुरेलले एपिएफका लागि पहिलो स्वर्ण जिते । यस अगाडी ७ औ राष्ट्रिय खेलकुदमा टिम इभेन्टमा रजत, ८ आर्मी टिम र एकल दुईमा रजत पदक जितेका थिए । सेवरमा नेपाल आर्मीका उपेन्द्रबहादुर शाहीले रजत पदक जितेका छन् । त्यसै गरी आर्मी कै रघुविर चन्द्र र एपिएफका खेमराज खत्रीले कास्य पदकमा चित्त बुझाए । महिला तर्फको फोयलमा स्वर्ण पदक विजेता सिंहले ७ औ राष्ट्रिय खेलकुदमा स्वण र ८ औमा रजत पदक जितेकी थिइन् । एपिएफकी मनिषा राईले रजत पदक र एपिएफकी मनिसा थापा र अनिता अधिकारीले कास्य पदक हात पारे ।
पुरुष तर्फका इपिमा स्वण जित्ने सिंहले ८ औंमा पनि स्वर्ण पदक जितेका थिए । इपिमा आर्मीका राम थापाले रजत पदक जिते । त्यसै गरी गण्डकी प्रदेशका विजय अधिकारी र एपिएफका मिन कार्कीले कास्य पदक जित्न सफल भए । गण्डकी प्रदेशका अधिकारीले पहिलो पदक जित्न सफल भएका हुन् । फेन्सिङको अंक तालिका अनुसार आर्मी र्शिष स्थानमा छ । आर्मीले दुई स्वर्ण, ३ रजत र ४ कास्य सहित ९ पदक प्राप्त गरेको छ । त्यसै गरी बागमती प्रदेश २ स्वर्ण, १ सय र १ कास्य सहित ४ पदक प्राप्त गरेको छ । शसस्त्र प्रहरी १ स्वण, २ रजत र ६ कास्य सहित ९ पदका साथ तेस्रो स्थानमा छ । सुदुरपश्चिम प्रदेश १ स्वर्ण पदक सहित चौथो स्थान छ । त्यसै गरी गण्डकी प्रदेश १ कास्य सहित पाचौं स्थानमा रहेको छ । प्रदेश नम्बर एकले अहिले सम्म पदक जित्न सकेका छैनन् । प्रतियोगिताका विजयी खेलाडीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब टंकलाल घिसिङ लगाएतले पदक वितरण गरेका थिए ।
काठमाडौँ, ६ आश्विन ।प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले पार्टीको १४औँ महाधिवेशन र समसामयिक विषयमा छलफल गर्न केन्द्रीय पदाधिकारी बैठक बोलाएको छ। प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निजी...
Read More
पोखरा, पुष २२ गते । पोखरा महानगर पालिका वडा नं २, बागलुङ बसपार्क मा अवस्थित पोखराबेसि बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा नारायण पहारी पुन चयन भएका छन । सहकारीको शनिबार...
Read More
भाद्र २०, पोखरा पोखराका चर्चित अग्रज फोटोग्राफर बिश्वरत्न शाक्यको कृति सिप, सिल्पी र फोटोग्राफी पुस्तक आज बिमोचन भएको छ । फोटोग्राफर संघ गण्डकीले आफ्नो पाचौ बार्षिक उत्सवको उपलक्ष्यमा सो...
Read More