नवौं राष्ट्रिय खेलकुद ः फेन्सिङमा दोस्रो दिन राजेन्द्र, रमा र ओमकारलाई स्वर्ण
पोखरा, २६ असोज नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत दोस्रो दिन फेन्सिङ एकल सेवर तर्फ एपिएफका राजेन्द्र गजुरेल, महिला तर्फको फोयलमा आर्मीकी रमा सिंह र पुरुष तर्फको इपिमा बागमती प्रदेशका ओमकार सिंहले स्वर्ण पदक जिते ।
एपिएफका गजुरेलले एपिएफका लागि पहिलो स्वर्ण जिते । यस अगाडी ७ औ राष्ट्रिय खेलकुदमा टिम इभेन्टमा रजत, ८ आर्मी टिम र एकल दुईमा रजत पदक जितेका थिए । सेवरमा नेपाल आर्मीका उपेन्द्रबहादुर शाहीले रजत पदक जितेका छन् । त्यसै गरी आर्मी कै रघुविर चन्द्र र एपिएफका खेमराज खत्रीले कास्य पदकमा चित्त बुझाए । महिला तर्फको फोयलमा स्वर्ण पदक विजेता सिंहले ७ औ राष्ट्रिय खेलकुदमा स्वण र ८ औमा रजत पदक जितेकी थिइन् । एपिएफकी मनिषा राईले रजत पदक र एपिएफकी मनिसा थापा र अनिता अधिकारीले कास्य पदक हात पारे ।
पुरुष तर्फका इपिमा स्वण जित्ने सिंहले ८ औंमा पनि स्वर्ण पदक जितेका थिए । इपिमा आर्मीका राम थापाले रजत पदक जिते । त्यसै गरी गण्डकी प्रदेशका विजय अधिकारी र एपिएफका मिन कार्कीले कास्य पदक जित्न सफल भए । गण्डकी प्रदेशका अधिकारीले पहिलो पदक जित्न सफल भएका हुन् । फेन्सिङको अंक तालिका अनुसार आर्मी र्शिष स्थानमा छ । आर्मीले दुई स्वर्ण, ३ रजत र ४ कास्य सहित ९ पदक प्राप्त गरेको छ । त्यसै गरी बागमती प्रदेश २ स्वर्ण, १ सय र १ कास्य सहित ४ पदक प्राप्त गरेको छ । शसस्त्र प्रहरी १ स्वण, २ रजत र ६ कास्य सहित ९ पदका साथ तेस्रो स्थानमा छ । सुदुरपश्चिम प्रदेश १ स्वर्ण पदक सहित चौथो स्थान छ । त्यसै गरी गण्डकी प्रदेश १ कास्य सहित पाचौं स्थानमा रहेको छ । प्रदेश नम्बर एकले अहिले सम्म पदक जित्न सकेका छैनन् । प्रतियोगिताका विजयी खेलाडीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब टंकलाल घिसिङ लगाएतले पदक वितरण गरेका थिए ।
काठमाडौं,२७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टीका शीर्ष नेताहरुबीचको भेटवार्ता सकिएको छ । वार्ता सकेर केहीबेरअघि जसपाका नेताहरु बालुवाटारबाट बाहिरिएका छन् । माओवादीले वर्तमान सरकारलाई...
Read More
काठमाडौं, ११ माघ । न्युज २४ टेलिभिजन छाडेका रवि लामिछानेले ‘सिधा कुरा जनतासँग’ कार्यक्रम भने परिष्कृत सोच र स्वरूपमा फेरि आउने बताएका छन्। त्यसका लागि आफू टिम तयारीमा जुटिसकेको...
Read More
काठमाडौं, ६ साउन । स्थानीय तहमा रिक्त रहेका पदाधिकारीका लागि उपनिर्वाचन नहुने भएको छ । तर, निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधिसभाको उपचुनावको तयारी भने थालेको छ । निर्वाचन आयोगका...
Read More
पोखरा, २३ मंसिर । नेपाली काँग्रेस कास्कीले पोखरामा गर्ने प्रदर्शनलाई प्रभावकारी बनाउन मङ्गलबार भातृ तथा शुभेच्छुक संस्थासँग बैंठक तथा छलफल गरेको छ ।पार्टीको मंशिर २९ गतेको देशव्यापी प्रदर्शन अन्तर्गत...
Read More