अन्तर्राष्ट्रिय

पोखरा स्पोर्ट्स अवार्ड शनिबार पत्रकार अवार्ड सागरराज तिमिल्सिनालाई मेक्सम गौडेलले हसाँउने

3 years ago Samaya Dristi Comments Off on पोखरा स्पोर्ट्स अवार्ड शनिबार पत्रकार अवार्ड सागरराज तिमिल्सिनालाई मेक्सम गौडेलले हसाँउने
  पोखरा २२ बैशाख सातौं संस्करणको पोखरा स्पोर्ट्स अवार्ड अन्तरगतको वर्ष उत्कृष्ट खेल पत्रकारको अवार्ड सागरराज तिमिल्सिनालाई प्रदान गरिने भएको छ । अवार्ड अन्तरगत गठन भएको पत्रकार छनोट समितिको सिफारिसलाई मञ्चको कार्यसमितिको पच्चिसौं बैठकले अनुमोदन गरेको आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका महासचिव राजाराम पौडेलले जनाए । समाधान राष्ट्रिय दैनिकबाट पत्रकारिता सुरु गरेका उनी हाल थप समाचार

चलचित्र हल्काराले प्राप्त गरेका अन्तराष्ट्रिय अवार्डहरु काठमाडौँमा हस्तान्तरण

3 years ago Samaya Dristi Comments Off on चलचित्र हल्काराले प्राप्त गरेका अन्तराष्ट्रिय अवार्डहरु काठमाडौँमा हस्तान्तरण
काठमाडौँ १४ वैशाख चलचित्र ुहल्काराको अभिनेता महेश त्रिपाठी र सिनेमाटोग्राफर चिन्तन राजभण्डारीलाई अमेरिकाको ुवर्ल्डफेस्ट ह्युस्टन इन्टरनेशनल फिल्म फेस्टिभलुमा प्राप्त गरेको अवार्ड नेपालमा हस्तान्तरण गरिएको छ । गत बर्ष ५५औँ वर्ल्डफेस्ट ह्युस्टन इन्टरनेशनल फिल्म फेस्टिभल २०२२ मा यो चलचित्रले उत्कृष्ट चलचित्रसँगै उत्कृष्ट अभिनेता र उत्कृष्ट सिनेमाटोग्राफीको अवार्ड प्राप्त गरेको थियो । यो चलचित्र नेपालमा यहि बैशाख थप समाचार

पोखरा स्पोर्ट्स अवार्डको लागि मनोनयन सार्वजनिक

3 years ago Samaya Dristi Comments Off on पोखरा स्पोर्ट्स अवार्डको लागि मनोनयन सार्वजनिक
बैशाख पोखरा नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले पोखरामा आयोजना गर्न लागेको सातौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०७९’ को मनोनयन सार्वजनिक गरिएको छ । बुधबार क्लासिक चुलो पोखरामा पत्रकार सम्मेलनको आयोजना गरेर मञ्चले चार विधामा मनोनयनमा पर्न सफल भएका तीन–तीन जना खेलाडी र प्रशिक्षकको नाम सार्वजनिक गरेको हो । वर्ष २०७९ मा उनीहरुले प्राप्त गरेका उपलब्धिको थप समाचार

पर्यटनमा सम्भावना बढाउँदै सकियो प्रवद्र्धन

3 years ago Samaya Dristi 0
पोखरा, ९ वैशाखः नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स(नाट्टा) गण्डकी प्रदेशको आयोजना एवम् पोखरा महानगरपालिकाको सहयोगमा भारतका प्रमुख शहरहरूमा गरिएको पर्यटन प्रवद्र्धन पोखरा सहित समग्र नेपालको पर्यटकीय सम्भावना बढाउँदै सकिएको छ । कोभिड १९ को प्रभाव एवम् अन्य विभिन्न घटनाक्रमले पर्यटन क्षेत्र प्रभावित भैरहेका अवस्थामा नेपालको लागि महत्वपूर्ण पर्यटन स्रोत बजार भारतको पटना, बाराणासी, थप समाचार

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त

3 years ago Samaya Dristi 0
९ बैशाख ,पोखरा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त भएका छन् । प्रदेश सभामा विश्वासको मत पाउँ भन्ने प्रस्ताव राखेकामा प्रदेश सभाले अस्वीकृत गरेको छ ।गण्डकी प्रदेशसभामा उनले विश्वासको मत माग्दा ६० प्रदेशसभा सदस्यमा उनको पक्षमा २४ जना सांसद मात्र रहे । विश्वासको मत पाउन कम्तीमा ३१ सांसदको समर्थन जुटाउनुपर्नेमा अधिकारीले एमाले र राप्रपाका सांसदको थप समाचार

आँधीखोलामा बाँदरको बहानामा व्यापक रुख फँडानी, व्यक्तिका जग्गामा भएका फलफूलका बोट मासेको भन्दै अख्तियारमा उजुरी (फोटो फीचर)

3 years ago Samaya Dristi 0
कमल पौडेल अथक पोखरा ४, बैशाख स्याङ्जाको आँधीखोला गाउँपालिका वडा नं ३ पाख्रीबोट टोलमा व्यापक रुपमा रुख फँडानी गरिएको छ । गाउँमा बाँदर लागेको वहानामा स्थानीय केही व्यक्तिले आफ्नै मौनमौजीमा व्यक्तिका निजी जग्गामा भएका रुख तथा फलफूलका बोटहरु फँडानी गरेका हुन् । उनीहरुले गाउँमा रहेका पुरातात्विक महत्वका वर्षौ पुराना रुख साल, चाँप, दारेगिठो तथा आँप, थप समाचार

करिव पाँच करोड रुपैयाँको कारोवार गर्दै सकियो आलु महोत्सव

3 years ago Samaya Dristi 0
पोखरा , ३ बैशाख । चैत २६ गतेदेखि सुरु ११ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव आइतवार सकिएको छ । समापन समारोहमा कृषक सम्मान, कृषक परिचयपत्र वितरण, कृषि एम्बुलेन्स प्रदर्शनी लगायत विभिन्न पुरस्कार वितरण गरिएको छ । पोखरा महानगरपालिका कृषि तथा पशु विकास महाशाखाको समन्वयमा विभिन्न वडाका उत्कृष्ट २४ किसानलाई सम्मानपत्र सहित नगदले सम्मान गरिएको थप समाचार

आलु महोत्सव आइतबार(आज) सकिदै

3 years ago Samaya Dristi 0
आलु महोत्सव आइतबार सकिदै पोखरा ३ बैशाख । हेमजामा जारी ११ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव आइतवार आज सकिदै छ । समापन कार्यक्रमलाई पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले सम्वोधन गर्ने कार्यक्रम छ ।त्यस्तै कृषक सम्मान, कृषि एम्वुलेन्स प्रदर्शनी लगायत विभिन्न पुरस्कार पनि वितरण हुनेछन्। महोत्सव अन्र्तगत शनिवार आज रत्यौली गीत प्रतियोगिता भएको छ ।त्यस्तै थप समाचार

आलु महोत्सवमा दर्शक सहभागिता बढ्दो

3 years ago Samaya Dristi 0
पोखरा,२९ चैत। हेमजामा जारी ११ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव मध्येतिर आइरहदाँ दर्शक सहभागिता बढेको छ । महोत्सवमा आलु किन्नेको भिड देखिन्छ भने अवलोकनका लागि समेत कास्कीका विभिन्न स्थान लगायत छिमेकी जिल्लाबाट समेत मानिसहरु आउने क्रम बढ्दो छ । बुधवार मात्रै करिव पाँच हजार दर्शकले महोत्सव अवलोकन गरेको मूल आयोजक समितिका अध्यक्ष सुविन श्रेष्ठले थप समाचार

एघारौं राष्ट्रिय हेमजाआलु महोत्सव सुरु

3 years ago Samaya Dristi 0
  पोखरा, २६ चैत । हेमजामा आइतवार देखि एघारौं राष्ट्रिय हेमजा आलु महोत्सव सुरु भएको छ । ‘सुन्दर ठाउँ हेमजा जाआँैं, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक’ भन्ने नाराका साथ विष्णुपादुका क्लवको आयोजनामा महोत्सव सुरु गरिएको हो । महोत्सव उद्घाटन गर्दै गण्डकी प्रदेश सरकारका कृषि उर्जा तथा जलस्रोत मन्त्री वेदबहादुर गुरुङले प्रदेश सरकार थप समाचार