भाद्र २६ गते २०८०

समाजशास्त्रका प्राध्यापक तथा बिद्यार्थी बिच तीजको परिचर्चा

नेपालीको पर्व तिज सस्कृती र समाजिक बिषेशताबारे समाजशास्त्रीहरुले परिचर्चा गरेका छन । पृथ्वीनारायण क्याम्पस पोखरामा समाजशास्त्र बिषयमा अध्यायनरत स्नाकोत्तर तह चौथो सेमेस्टारका बिद्यार्थीको आयोजनामा भएको एक कार्यक्रममा समाजशास्त्रका उप प्राध्यापक तथा बिद्यार्थी बिच तीजको बिषयमा परिचर्चा कार्यक्रम भएको हो ।

कार्यक्रममा समाजशास्त्रका उप प्राध्यापक डा रामचन्द्र बरालले ऋषि पञ्चमीको महत्व र समाजशास्त्रको सम्बन्धबारेमा छोटो कार्यपत्र प्रस्तुत भएको थियो भने समाजशास्त्रकै उप प्राध्यापक डा शान्ता खत्रीले तीज र महिलाको सम्बन्ध बारे बिश्लेषण गरेका थिए । पोखराका चर्चित मुक्तककार कलाकर्मी प्राञ्जल उर्फ सञ्जय न्यौपानेले नेपाली समाजमा तीजले ल्याएको प्रभावबारेमा बताएका थिए । कार्यक्रमका प्रमुख अतिथी समाजशास्त्र बिभागिय प्रमुख शिव बहादुर थापाले बिद्यार्थीहरुद्धारा यस्ता समसामहिक र समाजको मुद्धाहरुबारेमा यस्तो बहस चलाउनु आफैमा प्रसंशनिय भएको बताएका थिए ।

स्नाकोत्तर तह चौथो सेमेस्टारका बिद्यार्थी रिता गुरुड.ले सञ्चालन गरेको सो कार्यक्रममा घनस्याम पौडेलले कार्यक्रममा आउनुभएका सवै सर मेडम र बिद्यार्थी सहभागीहरुलाई स्वागत गर्नुभएको थियो । कार्यक्रमलाई राजु थापा, बिनोद कार्की लगायतका बिद्यार्थीहरुले सक्रिय सहयोग गरेका थिए । कार्यक्रममा समाजशास्त्रका अन्य उप प्राध्यापकहरु तथा स्नाकोत्तर दोश्रो सेमिस्टारका बिद्यार्थी र समाजशास्त्रकै स्नातक तहका बिद्यार्थी समेतको उपस्थिती थियो ।
कार्यक्रम पश्चात केही बेर तिजकै गित गाएर तथा नाचगान गरेर मनोरञ्जन गरिएको थियो, साथै दर खाने कार्यक्रम पनि रहेको थियो । । तिजका मौलिक गितहरुमा बिद्यार्थी र सरहरुको समेत सहभागिता थियो । कार्यक्रमले बास्तवमा समाजशास्त्रका बिद्यार्थीले समाजका मुद्धाहरु केलाउने क्रममा आफुलाई सामाजिक सस्कृतीसग पनि घुलमिल हुन सक्नुपर्ने कुराको अवगत गराएको थियो ।