2 years ago
Samaya Dristi
Comments Off on कञ्चन क्यापिटलको पाँचौं वार्षिकोत्सव
पोखरा, असार । कञ्चन क्यापिटल प्रालिले पाचौँ वार्षिकोत्सव विविध कार्यक्रम गरी मनाएको छ । छैटौं वर्षमा प्रवेश गरेको अवसरमा प्रालिले रक्तदान, सम्मान, पुरस्कार वितरणलगायत कार्यक्रम गरेको थियो । सोही अवसरमा मंगलबार गरिएको रक्तदानबाट ५६ युनिट रगत संकलन भएको प्रालिका अध्यक्ष विमलमान गुभाजूले जानकारी दिए । मानव जीवन रक्षाका निम्ति रक्तदान प्राथमिकतामा परेको उनले बताए ।
थप समाचार