गण्डकीका मुख्यमन्त्री पाण्डे संगै दुई मन्त्रीले लिए शपथ
पोखरा,जेठ
गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शपथ लिएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले दोस्रो पटक मुख्यमन्त्री बनेका पाण्डेलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।पाण्डेसँगै दुई मन्त्रीले पनि शपथ लिएका छन् । कांग्रेस संसदीय दलका उपनेता विन्दुकुमार थापा र डा. टकराज गुरुङले मन्त्री पदको शपथ लिएका हुन् । अर्थशास्त्रमा स्नातकोत्तर र पर्यटनमा विद्यावारिधि गरेका गुरुङले बुधबार नै पद तथा गोपनीयताको शपथ लिएका छन ।
गुरुङ अर्थमन्त्री र थापाले सामाजिक विकास मन्त्रालयसँगै ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रीको जिम्मेवारी पाएका छन् । कांग्रेसको गण्डकी प्रदेशसभा संसदीय दलका उपनेता थापा प्रदेशसभाको अघिल्लो कार्यकालमा कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको मन्त्रिपरिषदमा कानुन मन्त्री बनेका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अनमोल केसीको अभिनय रहेको चलचित्र क्याप्टेन हेरेका छन् । बुधबार साँझ उनी परिवारसहित फिल्म हेर्न गएका हुन् । प्रधानमन्त्री ओली बुवा मनप्रसाद ओली र श्रीमती...
Read More
पुस १ ,हेमजा । हेमजा युनाईटेड पोखरा–२५,हेमजाले सोमबार न्यानो कपडा तथा स्टेशनरी वितरण कार्यक्रम सम्पन्न गरेको छ । युनाइटेडले वार्षिक क्यालेन्डर अनुसार पोखरा–२५ हेमजा देवीस्थान स्थित गौरीशंकर आधारभूत विद्यालयमा...
Read More
दक्षिण भारतीय फिल्मका सुपरस्टार रजनीकान्तको फिल्म ‘पेट्टा’ ११ जनवरीमा रिलीज हुँदैछ। फिल्म रिलीज हुनुपूर्व नै रजनीका फ्यान क्रेजी भएका छन्। यतिबेला सामाजिक संजालमा एउटा फोटो र भिडियो भाइरल भएको...
Read More
चितवन, ०७ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीबाट चितवन–२ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका सो पार्टीका केन्द्रीय सभापति रवि लामिछाने निकै फराकिलो मतान्तरले अग्रस्थानमा कायम रहेका छन् । लामिछानेले १३...
Read More