गण्डकीका मुख्यमन्त्री पाण्डे संगै दुई मन्त्रीले लिए शपथ
पोखरा,जेठ
गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शपथ लिएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले दोस्रो पटक मुख्यमन्त्री बनेका पाण्डेलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।पाण्डेसँगै दुई मन्त्रीले पनि शपथ लिएका छन् । कांग्रेस संसदीय दलका उपनेता विन्दुकुमार थापा र डा. टकराज गुरुङले मन्त्री पदको शपथ लिएका हुन् । अर्थशास्त्रमा स्नातकोत्तर र पर्यटनमा विद्यावारिधि गरेका गुरुङले बुधबार नै पद तथा गोपनीयताको शपथ लिएका छन ।
गुरुङ अर्थमन्त्री र थापाले सामाजिक विकास मन्त्रालयसँगै ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रीको जिम्मेवारी पाएका छन् । कांग्रेसको गण्डकी प्रदेशसभा संसदीय दलका उपनेता थापा प्रदेशसभाको अघिल्लो कार्यकालमा कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको मन्त्रिपरिषदमा कानुन मन्त्री बनेका थिए ।
काठमाडौँ , १३ मंसिर । काठमाण्डौ महानगरपालिकाले बाग्मती नदी किनारमा रहेका अवैध संरचना तथा बस्ती हटाउनेबारे थप छलफल र तयारीलाई अगाडि बढाउने भएको छ । महानगरका मेयर बालेन्द्र शाहले...
Read More
पोखरा, ३ साउन । पोखरा महानगरपालिका वडा नं २७, २९ र ३३ को संगमस्थल मदौरुकुना मदौरुघाटस्थित नर्मदेश्वर मोक्षाश्रमधाममा साउन १ गतेदेखि सञ्चालित एक महिने अखण्ड हरिनाम संकीर्तनमा आज तेस्रो...
Read More
स्याङ्जा,२ पुस । वालिङमा पर्खालले थिच्दा एक मजदुरको मृत्यु भएको छ। शुक्रबार वालिङ नगरपालिका–८ डुम्रिकोटस्थित डुम्रिकोट–मिर्दी सडकखण्डमा काम गर्ने क्रममा पर्खालले थिच्दा धादिङको बेनीघाट–९ का ३० वर्षीय उमेश चेपाङको...
Read More
पोखरा,२८पुष ।महिला सिप बिकास संस्था तथा सि.ई.सि.आई को संयुक्त आयेजनामा च्याउ खेती तथा अर्गानिक मल उत्पादन सम्बन्धि दुई दिवसीय तालिम मंगलबारबाट सुरु भएको छ । करिब ४० जना महिलाहरुको...
Read More