जेठ २९ गते २०८१
पोखरा यूनाइटेड एकेडेमीमा खेलकुद प्रतियोगिता जारी छात्र बास्केटवलमा मनकामना र छात्रा भलिवलमा शान्ता मावि विजयी
पोखरा २८, जेठ
पोखरा १२ भद्रकालि मार्गमा रहेको पोखरा यूनाइटेड एकेडेमीको आयोजनामा पोखरामा सोमबार तेश्रो दिनमा पनि विभिन्न खेलकुद प्रतियोगिता जारी रहेका छन् । छात्र तर्फको भलिवल खेलमा बागलुङको जुनियर युथ समुह प्रथम भएको छ । सोमबार भएको फाइनल खेलमा जुनियर युथले पोखराको ताराकुञ्ज मा.वि.लाई २५–१५, २५–२३ को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो ।
त्यसै गरी सोमबार सम्पन्न भएको छात्रा तर्फको भलिवल प्रतियोगितामा पोखरा २४ को शान्ता माविले पोखराको सृजना माविलाई पराजित गर्दै प्रथम भएको छ ।
सोमबार भएको छात्रा तर्फको बास्केटवल प्रतियोगितामा मर्दी ए को समुहले उपाधि जितेको छ । फाइनल खेलमा मर्दी एले मर्दी बिको समुह पोखरालाई ० (शुन्य) का बिरुद्ध ११ स्कोरले पराजित गर्दै उपाधि जितेको हो ।
त्यसै गरी छात्र तर्फको बास्केटवल प्रतियोगितामा मनकामना बोर्डिङ स्कुलले पोखरा १२ को जे.पि.टि.को समुहलाई २१ का बिरुद्ध ५१ स्कोरको फराकिलो अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।
त्यस्तै सोमबार भएको छात्र फुटवल खेलमा स्नोभ्यु पोखराले रानिपौवा फुटवल क्लवलाई टाईब्रेकरमा ३–२ को गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रबेश गरेको छ । अर्काे क्याटरफाइनल खेलमा एल.पी. देवकोटा स्कुलले पोखरा यूनाइटेड एकेडेमीलाई सडेन डेथमा पराजित गरेको हो । दुबै खेलमा निर्धारित समयमा गोल हुन सकेन ।
बिद्यार्थीहरुको शिक्षासंगै खेलकुदको विकास गराउने उद्धेश्यले विभिन्न खेलकुद प्रतियोगिता आयोजना गरिएको बिद्यालयका सहप्रध्यानाध्यापक देवेन्द्र अधिकारीले बताउनु भयो । शनिबार देखि सुरु भएको उक्त प्रतियोगिता ४ दिनसम्म संचालन हुने भएको बिद्यालयका प्रिन्सिपल बयान बहादुर गोदारले उल्लेख गर्नु भयो ।
मंगलबार केही खेलकुद प्रतियागिता, हाजिरी जवाफ प्रतियोगिता सहित प्रतियोगिता सम्पन्न हुने भएको बिद्यालयका शिक्षक फणिन्द्रराज पौडेलले बताउनु भयो ।