पौष २० गते २०७७
गण्डकी प्रदेशमा कोरोना बिरुद्धको भ्याक्सिन ल्याउने तयारी
पोखरा २०, पुष ।
गण्डकी प्रदेशमा आगामी तीन महिना पछि अर्थात मार्च महिनामा कोरोना बिरुद्धको भ्याक्सिन ल्याउने तयारी गरिएको छ । गण्डकी प्रदेशको स्वास्थ्य आपुर्ति व्यबस्थापन केन्द्रको सहकार्यमा संघिय सरकारको सहयोगमा आगामी मार्च महिनामा पहिलो चरणमा राहत स्वरुप कोरोना बिरुद्धको भ्याक्सिन ल्याउने तयारी भएको केन्द्रका निर्देशक खिम बहादुर खड्काले बताए ।
गण्डकी प्रदेशको राजधानि पोखराबाट मुख्य रुपमा उक्त भ्याक्सिनको भण्डारण तथा वितरण हुने उनले जनाए । हाल नेपालमा २ देखि ८ डिग्रि सेल्सियस तापक्रममा व्यबस्थापन गर्नु पर्ने भ्याक्सिन नेपाल ल्याउने तयारी भएकोले उक्त भ्याक्सिन नेपाल र प्रदेशको लागि उपयुक्त वातावरण हुने भएको निर्देशक खड्काले जनाए । गण्डकी प्रदेश सरकारले पहिलो चरणमा भ्याक्सिन भण्डारणको लागि ४० लाख रुपैया विनियोजन गरेको जस अनुसार पश्चिमाञ्चल क्षेत्रिय अस्पताल (पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान) पोखराको परिसरमा भण्डारण कक्षा निर्माण हुदै गरेको उनले जनाए । नेपाल सरकारले हाल १२ प्रकारका विभिन्न खोप निःशुल्क रुपमा वितरण गर्दै आएकोले रुवेला, दादुरा जस्तै अभियानमा कोरोना बिरुद्धको भ्याक्सिन समेत लगाइने भएको निर्देशक खड्काले दाबी गरे । पोखरामा करिब ५ लाख भ्याक्सिन भण्डारण हुने गरी हाल भण्डारणको कक्षा थप निर्माण गर्न लागिएको उनले बताए ।