मुख्य समाचार

माघ १४ गतेबाट कोभिड-१९ विरुद्धको खोप लगाउन सुरु

5 years ago Samaya Dristi 0
काठमाडौं, ९ माघ। प्रधानमन्त्री ओलीले यही माघ १४ गतेबाट कोभिड–१९ विरुद्धको खोप लगाउन शुरु गरिने जानकारी दिएका छन् । यसका लागि समूह तयार पारिसकेको समेत उनले बताए । सशस्त्र प्रहरी बलको २० औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुलुकमा कोरोनालाई पराजित गर्ने अभियानको शुरुआत भइसकेको र नियन्त्रणको ‘टर्निङ प्वाइन्ट’मा पुगेको बताए । थप समाचार

रातारात राजपत्रमा संसद विघटनको सूचना निकालियो

5 years ago Samaya Dristi 0
काठमाडौं, ९ माघ ।संसद विघटनको निर्णय सम्बन्धी सूचना नेपाल राजपत्रमा झण्डै ३५ दिनपछि प्रकाशित भएको छ । तर राजपत्रमा सूचना प्रकाशित गर्दा पुस ५ गतेको पुरानै मिति राखिएको छ । सर्वोच्च अदालतमा संसद विघटनविरुद्ध परेका रिटहरुमाथिको बहसमा अधिवक्ताहरुले संसद विघटन सम्बन्धी सूचना अहिलेसम्म राजपत्रमा प्रकाशित नभएको विषयमा प्रश्न उठाएका थिए । त्यसपछि सर्वोच्चले सो सूचना थप समाचार

प्रचण्ड–माधव पक्षको आज काठमाडौंमा शक्ति प्रदर्शन

5 years ago Samaya Dristi 0
काठमाडाैं ,९ माघ। बिभाजित नेकपाको प्रचण्ड–माधव समूहले सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनको कदमबिरुद्ध आज काठमाडौंमा बृहत शक्ति प्रदर्शन गर्दैछ । पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि प्रचण्ड–माधव समूहले नारायणकाजी श्रेष्ठको नेतृत्वमा केन्द्रीय संघर्ष समिति बनाएको थियो । समितिले हरेक प्रदेश, जिल्ला र जनवर्गीय संगठनमार्फत कार्यकर्तालाई काठमाडौंमा एकत्रीत गर्न निर्देशन दिएको छ थप समाचार

राट्रपतिले गल्ती स्वीकार्दै त्यो नासो फिर्ता गर्नुपर्छःअधिवक्ता अर्याल

5 years ago Samaya Dristi 0
काठमाडौं, ८ माघ । प्रतिनिधिसभा विघटन विवादमा दायर भएका एक दर्जन रिटमाथिको बहस संवैधानिक इजलासमा थप पेचिलो बन्दै गएको छ। इजलासबाट कानुन व्यवसायीलाई प्रश्नमाथि प्रश्न आइरहेका छन्। बिहीबारको सुनुवाइमा पनि संवैधानिक इजलासबाट कानुन व्यवसायीलाई प्रश्नमाथि प्रश्न सोधिएको छ। बहसका क्रममा कानुन व्यवसायीले संसद विघटन गर्ने राष्ट्रपति कार्यालयको सूचना आजसम्म राजपत्रमा प्रकाशित नभएको विषय उठाएका छन्। थप समाचार

प्रतिनिधि सभा विघटनविरुद्ध मुलुकभरका वडामा कांग्रेसको विरोध प्रदर्शन

5 years ago Samaya Dristi 0
कमल पौडेल अथकपोखरा ८, माघआज प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटनविरुद्ध मुलुकभरका ६ हजार ७ सय ४३ वडामा विरोध प्रदर्शन गरेको छ । दोस्रो चरणको अन्तिम कार्यक्रम अन्तरगत कांग्रेसले बिहिबार मुलुकभरका वडाहरुमा विरोध प्रदर्शन गरेको हो । कांग्रेसले विघटनलाई अलोकतान्त्रिक र असंवैधानिक भन्दै आन्दोलन गरिरहेको छ ।कांग्रेसले यसअघि विघटनविरुद्ध पहिलो चरणमा पुस १३ थप समाचार

सिद्धि सेतुली र सानिमा स्मृति पुरस्कार–२०७७ बाट भट्टराई र थकाली सम्मानित

5 years ago Samaya Dristi 0
पोखरा, माघ ०७ । “सिद्धि सेतुली स्मृति पुरस्कार–२०७७” बाट महिला उद्यमी हिरा भट्टराई र “सानिमा स्मृति पुरस्कार–२०७७” बाट अपाङ्गताको क्षेत्रमा रही काम गर्दै आउनुभएकी गण्डकी बहिरा संघकी उपाध्यक्ष प्रमिला थकाली सम्मानित हुनुभएको छ । बुधबार सिद्धि सेतुली प्रतिष्ठान, पोखराको आयोजनामा भएको एक कार्यक्रमका बिच उहाँहरुलाई सो सम्मान अर्पण गरिएको हो । कार्यक्रममा बोल्दै त्रिभुवन विश्व थप समाचार

होटलमा परिक्षा दिन लगाउने राष्ट्रिय मा. वि. का प्रधानाध्यापकसहित तीन शिक्षक पक्राउ

5 years ago Samaya Dristi 0
पोखरा, ७ माघ । होटलमा लगि अमर्यादित रुपमा परीक्षा लिएको आरोपमा ३ शिक्षक पक्राउ परेका छन् । पोखरा महानगरपालिका – १ पुरानो टुँडिखेलस्थित राष्ट्रिय माध्यामिक विद्यालय कास्कीका ३ जना शिक्षकलाई सोमबार बेलुका प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका – १८ कास्कीकोट स्थायी घर भई हाल सोही महानगरपालिका – १ बाघबजार बस्ने उक्त थप समाचार

निफ्राको आइपिओमा माग गरेको भन्दा झन्डै साढे दुई गुणा बढी सेयरका लागि आवेदन

5 years ago Samaya Dristi 0
काठमाडौं, ६ माघ। नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा)ले गत शुक्रबारबाट खुलाएको साधारण सेयरको प्राथमिक निष्कासन ९आइपिओ० मा कम्पनीले माग गरेको भन्दा झन्डै साढे दुई गुणा बढी सेयरका लागि आवेदन परेको छ । सेयरको आवेदन खुला गरिएको २ देखि ६ माघसम्मको पाँच दिनमा निफ्राको सेयर माग गर्दै १५ लाखभन्दा धेरै आवेदन परेको कम्पनीको सेयर बिक्री प्रबन्धक एनआईबीएल थप समाचार

अनलाइन सञ्चारमाध्यम नवीकरण गर्ने व्यवस्था खारेजीको माग गर्दै सर्वोच्चमा रिट

5 years ago Samaya Dristi 0
काठमाडौं, ६ माघ । अनलाइन सञ्चारमाध्यम हरेक वर्ष नवीकरण गर्नु पर्ने प्रावधानको खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। पत्रकार तथा अधिवक्ताद्वय लीलानाथ घिमिरे र विष्णु गिरी ‘निश्चल’ले अनलाइन सञ्चारमाध्यम हरेक वर्ष नवीकरण गर्नुपर्ने प्रावधानविरुद्ध सोमबार रिट दायर गरेका छन्। अधिवक्ताद्वयले नेपालको संविधान तथा सञ्चारसम्बन्धी कानूनले पत्रपत्रिकाको दर्ता कहिल्यै खारेज नहुने व्यवस्था थप समाचार

शान्ति, स्थिरता र विकासका लागि ताजा जनादेश अनिवार्य: राष्ट्रपति भण्डारी

5 years ago Samaya Dristi 0
काठमाडौँ, ५ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले शान्ति, स्थिरता र विकासका लागि ताजा जनादेश अनिवार्य भएको बताएकी छिन । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा निर्वाचन आयोगको वार्षिक प्रतिवेदन २०७६र७७ ग्रहण गर्दै उनले शान्ति, स्थिरता र विकासका लागि ताजा जनादेश अनिवार्य भएको हुँदा तोकिएको समयमा नै आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन गराउन जरूरी भएको बताएकी थप समाचार