माघ ६ गते २०७७

निफ्राको आइपिओमा माग गरेको भन्दा झन्डै साढे दुई गुणा बढी सेयरका लागि आवेदन

काठमाडौं, ६ माघ।

नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा)ले गत शुक्रबारबाट खुलाएको साधारण सेयरको प्राथमिक निष्कासन ९आइपिओ० मा कम्पनीले माग गरेको भन्दा झन्डै साढे दुई गुणा बढी सेयरका लागि आवेदन परेको छ ।

सेयरको आवेदन खुला गरिएको २ देखि ६ माघसम्मको पाँच दिनमा निफ्राको सेयर माग गर्दै १५ लाखभन्दा धेरै आवेदन परेको कम्पनीको सेयर बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलका मर्चेन्ट बैंकिङ प्रमुख राम महतले जानकारी दिए ।

आवेदकहरूबाट करिब १८ अर्ब रुपैयाँ बराबरको सेयरका लागि आवेदन परेको छ । यो कुनैपनि कम्पनीको आइपिओका लागि अहिलेसम्मपरेको सबैभन्दा ठूलो रकमको आवेदन हो ।

निफ्राले खुलाएको यो आइपिओ रकम र एकाइ दुवै हिसाबले नेपालमा हालसम्मकै ठूलो निष्काशन हो । यसमा १ लाख ६० हजार कित्ता बैंकका कर्मचारीहरूका लागि र ४ लाख कित्ता सामूहिक लगानी कोषहरू (म्युचअल फण्ड) का लागि छुट्याइएको छ ।

बाँकी ७ करोड ५८ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणको नाममा हुने गरी आवेदन माग गरिएको हो ।