२ साउन,पोखरा पोखराको सेतीनदी किनार सिम्पानी गाइघाटमा साउनको पहिलो सोमबार बमभोले भक्तजनको भिड लाग्ने गर्दछ । गाईघाटबाट हिन्दुधर्मका कटटर हिमायती युवा युवती पहेलो बस्त्र तथा रातो बस्त्र पहिरिएर घडामा पानी लिइ खाली खुटटा सिम्पानी देखी पार्दी फेवातालको किनारको केदारेश्वर मन्दिरमा ल्याइ जल चढाउने परम्परा बन्दै आएको छ । पोखरामा यो परम्पराको थालनी करिव २० देखी २५ वर्ष अगाडीबाट भएको मानिन्छ । प्रसस्त बढ्दै गइरहेको भारतिय नागरिकहरुको बसोवास र उनीहरुको देखासिकी, भारतिय मिडिया र भाइरल सस्कृतीको प्रभाव तथा देखावटी नया सस्कृतीको भ्रभाव पनि मान्न सकिन्छ सवै भन्दा ठुलो कुरा त धार्मिक आस्थामा युवाहरुको सहभागिता भन्नुपर्ने हुन्छ । हामी पोखरेली श्रावण महिनाभर महादेवको स्तुती गर्ने महिना भन्ने गरिन्छ त्यसैले श्रावण पहिलो सोमबार नदी तालबाट पवित्र जल ल्याइ महादेबको मन्दिरमा चढाउने वा महादेवलाई स्नान गराउने हिन्दु परम्परा छ । खासगरी भारतमा ख्यातीप्राप्त यो परम्परा नेपालमा पनि केही वर्ष देखी धुमधाम मनाउने गरिन्छ ।
बास्तवमा हामी नेपाली अझ पहाडे किसानहरुको श्रावण सक्रान्ती एक पर्व नै हो किनकी वर्षभरी खानका लागि अषाढ महिनाभर हिलो र पानीमा काम गरेर खेती लगाइन्छ । श्रावणमा उक्त हिलो मैलोमा काम गर्दा लागेको फोहरका कारण लुतो वा छाला सम्बन्धी रोग आउन सक्छन । त्यसैले हाम्रो पुरानो संस्कार परम्पराअनुसार लुतो फाल्ने सक्रान्ती भन्ने गरिन्छ । श्रावण को पहिलो दिन बेलुका बिभिन्न झार जडीबुटी सिउडी आदी संकलन गरी अगेनाको अगुल्टो चारै दिशा लुतो लैजा भन्दै फ्याक्ने परम्परा थियो र छ । यो परम्परा ठाउ वा समुदाय अनुसार फरक हुन सक्छ ।
तर अहिले शहरबजारमा बिभिन्न मिडिया र फरक मानिसहरुको बसाइले हाम्रा आफ्ना पुराना परम्परा नास हुदै बम भोले सस्कृती आयत भएको पाइन्छ । यो पूर्णरुपमा भारतिय सस्कृती भएपनि छोटो समयमा नेपालमा पनि बमभोले सस्कृतीले प्रसस्त स्थान पाएको छ । श्रावण महिना भर महिलाहरुले हरियो चुरा र मेहन्दी लगाउने बिभिन्न परिकारका खाना बनाएर खाने तथा महादेवको मन्दिरमा दर्शन गर्ने जस्ता भारतिय सस्कृती नेपालीले पछ्याउदै आएका छन । जय बम भोले हरहर महादेव ।
कमल पौडेल अथकपोखरा २८, जेठ पछिल्लो समयमा संयुक्त आवास योजना समयको माग भएको एक कार्यक्रमका वक्ताले वताएका छन् । पोखरा ३, तेर्सापट्टिमा कम्फर्ट गुडवीलद्धारा निर्मित पोखरा रेसिडेन्सी नामक संयुक्त...
Read More
पोखरा, १४ बैशाख । फेशन कोरियोग्राफर तथा संचारकर्मी अरुण गिरी राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेश गरेका छन् । मंगलबार राप्रपाका केन्द्रिय अध्यक्ष राजेन्द्र लिङ्देनको हातबाट उनले पार्टी सदस्यता लिएका हुन्...
Read More
मंसिर २२ ,पोखरा फोटोग्राफर संघ गण्डकी प्रदेशको गत मंसिर १ गते सम्पन्न चौथो साधारण सभा तथा दोस्रो अधिबेशन वाट निर्वाचित कार्यसमितिले शनिवार पदभार ग्रहण गरेका छन। फोटोग्राफर संघ गण्डकी...
Read More
पोखरा भाद्र २ पोखराका फोटो पत्रकार राम गुरुङलाई रामलाल श्रीमाया राष्ट्रिय फोटोग्राफी पुरस्कारबाट सम्मान गरिएको छ । विश्व फोटोग्राफी दिवस तथा पोखरा फोटोग्राफर संघको ४२ औं साधारण सभाको अवसर...
Read More