प्रचण्डको शपथ आज ४ बजे

3 years ago Samaya Dristi 0
काठमाडौं, ११ पुष । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको शपथग्रहण आज हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपरान्ह ४ बजे प्रचण्डलाई शपथ खुवाउने छिन् । नयाँ गठबन्धन बनाउँदै प्रचण्ड आइतबार प्रधानमन्त्री नियुक्त भएका थिए। प्रचण्डलाई प्रतिनिधिसभाका १७० जना सांसदको समर्थन रहेको छ । प्रचण्डले ती सांसदहरुको समर्थनसहित राष्ट्रपतिसमक्ष दावी पेश गरेका थिए । थप समाचार

टुर दी पोखरा सम्पन्न, महजोडी सहभागि

3 years ago Samaya Dristi 0
पोखरा ९, पुष यस बर्षको टुर दी पोखरा कार्यक्रम अन्र्तगत शनिबार पोखरामा १९ किलोमिटर साइकल र्याली सम्पन्न भएको छ । पोखराको प्रर्दशनी केन्द्रबाट बिहान सुरु भएको उक्त र्यालीमा पोखरा सहित काठमाण्डौं, धरान, नेपालगन्ज, चितवन, नवलपुर लगायतबाट सहभागि भएको टुर दी पोखराका संयोजक राजन गोङ्गजुले बताए । पोखराको प्रर्दशनी केन्द्रबाट सुरु भई उक्त र्याली महेन्द्रपुल, पालिखेचोक, थप समाचार

पाण्डे बने धादिङ-पोखरा सम्पर्क समाजको अध्यक्ष

3 years ago Samaya Dristi 0
पोखरा, १० पुष । धादिङ-पोखरा सम्पर्क समाजको अध्यक्षमा रामप्रसाद पाण्डे (राजु) निर्वाचित भएका छन् । समाजको शनिबार सम्पन्न २४औं साधारणसभा तथा १२औं अधिवेशनले पाण्डेलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो । पाण्डे यसअघि समाजको महासचिव र कार्यसमिति सदस्य रहेर काम गरेका थिए । यसैगरी वरिष्ठ उपाध्यक्षमा सरस्वती श्रेष्ठ सरु, उपाध्यक्षमा तेजबहादुर नेपाली, महासचिवमा हरि पन्त, सचिवमा थप समाचार

मन्दिर देखी मन्दिर सम्म

3 years ago Samaya Dristi 0
यस बर्षको टुर दी पोखरा कार्यक्रम अन्र्तगत विहिबार ७२ किलोमिटर दुरीमा बागलुङको कालिका मन्दिरबाट पोखराको विन्ध्यवासिनी मन्दिरसम्म साइकल र्याली सम्पन्न भएको छ । उक्त साइकल र्यालीको गण्डकी प्रदेशका पर्यटन उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्माले गरेका थिए । तस्विरः दुर्गा प्रसाद पौडेल थप समाचार

पोखराका पुराना साइकल ब्यवसायी शेर बहादुर तामाङ्गलाई सम्मान गरिने

3 years ago Samaya Dristi 0
८ पुष पोखरा भोली पुस ९ गते शनिवार छैठौं टुर दि पोखराको अवसर पारेर पोखरामा साइकल र साइकल ब्यवसायमा उल्लेख्य योगदान गरे वापत नालामुखका शेर बहादुर तामाङ्गलाई साइकल सिटीले सम्मान गर्ने भएको छ । बि.सं.२००६ साल चैत्र १४ गते बुवा गोपाल तामाङ र आमा आश माया तामाङ को जेठो सन्तानको रुपमा पोखराको नालामुखमा जन्मनु भएका थप समाचार

रारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा १० टिम भिड्ने

3 years ago Samaya Dristi 0
राजधानी बाहिरको चर्चित र प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २२ औँ संस्करणमा १० टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् । सहारा क्लब पोखराको आयोजनामा यही पुस १४ देखि २३ सम्म पोखरा रङ्गशालामा हुने सो प्रतियोगिताको विजेताले रु १२ लाख सहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्दा उपविजेताले थप समाचार

छैटौँ टुर दि पोखरा आगामी शनिवार

3 years ago Samaya Dristi 0
४,पुस ,पोखरा साइकल सिटी पोखराको आयोजनामा आगामी पुष ९ गते शनिबार ‘टुर दि पोखरा’ हुँदैछ । ‘थोपा–थोेपा इन्धन बचाऊ’ नारा साथ छैटौँ संस्करणको साइकल ¥याली हुन लागेको साइकल सिटीका उपाध्यक्ष एवं कार्यक्रम संयोजक राजन गोंगजुले सोमबार पत्रकार सम्मेलनमा जानकारी दिए । पोखराको प्रदर्शनी केन्द्रबाट सुरु हुने ¥याली नयाँबजार, महेन्द्रपुल, पालिखे चोक, तेर्सापट्टी, नालामुख, विन्ध्यावासिनी, बागबजार, थप समाचार

पोखरामा बुधबार मेयर कप साइकल दौड प्रतियोगिता

3 years ago Samaya Dristi 0
४ पुष, पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा आगामी बुधबार दोस्रो मेयर कप साइकल दौड प्रतियोगिता हुने भएको छ । नेपाल साइक्लिङ संघ, कास्की जिल्ला साइक्लिङ संघको प्राविधिक सहयोगमा प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा साइकल सिटी पोखराले पनि सहयोग गर्दै छ । तीन विधामा हुने ५० किलोमिटर दुरीको साइकल दौडको तयारी सकिएको थप समाचार

कैलाशको ११ औं साधारण सभा सम्पन्न

3 years ago Samaya Dristi 0
पुस ३ पोखरा कैलाश बचत तथा ऋण सहकारी संस्था लि पोखराको ११ औ साधारण सभा एक बिशेष कार्यक्रमका बिच सम्पन्न गरेको छ । पोखरा र आसपासका क्षेत्रमा छरिएर रहेका फोटोग्राफरहरुद्वारा खोलिएको संस्थामा कूल १९७ शेर सदस्य रहेका छन । संस्थाको कूल पूजी ३ करोड ६ लाख रहेको छ बचत ७ करोड ९६ लाख र ऋण थप समाचार

पर्खालले थिच्दा मजदुरको मृत्यु

3 years ago Samaya Dristi 0
स्याङ्जा,२ पुस । वालिङमा पर्खालले थिच्दा एक मजदुरको मृत्यु भएको छ। शुक्रबार वालिङ नगरपालिका–८ डुम्रिकोटस्थित डुम्रिकोट–मिर्दी सडकखण्डमा काम गर्ने क्रममा पर्खालले थिच्दा धादिङको बेनीघाट–९ का ३० वर्षीय उमेश चेपाङको मृत्यु भएको हो। वडा प्रहरी कार्यालय वालिङका प्रहरी निरीक्षक विनोद सुवेदीका अनुसार सडकको नालीमा सोलिङ गर्ने क्रममा कुनामा रहेको पर्खाल भत्किँदा चेपाङ गम्भीर घाइते भएका थिए। थप समाचार