पौष ४ गते २०७९

कैलाशको ११ औं साधारण सभा सम्पन्न

पुस ३ पोखरा
कैलाश बचत तथा ऋण सहकारी संस्था लि पोखराको ११ औ साधारण सभा एक बिशेष कार्यक्रमका बिच सम्पन्न गरेको छ । पोखरा र आसपासका क्षेत्रमा छरिएर रहेका फोटोग्राफरहरुद्वारा खोलिएको संस्थामा कूल १९७ शेर सदस्य रहेका छन । संस्थाको कूल पूजी ३ करोड ६ लाख रहेको छ बचत ७ करोड ९६ लाख र ऋण लगानी ९ करोड ५ लाख रहेको कुरा कोषाध्यक्ष नविन ढुङ्गानाले बताए । सुरुमा पोखरा फोटोग्राफर संघ का सदस्यहरू द्वारा स१लीत उक्त सहकारीले कार्य क्षेत्र बिस्तार गर्नेक्रममा रहेको छ संस्थाले आफ्नै फ्रेम उद्योग, फ्ेक्स प्रिन्ट ,कलर ल्याव कप प्रिन्ट,साथै गण्डकी प्रदेशमै एकमात्र २४ देखी ७२ इन्च सम्म को फोटो प्रिन्ट गर्न मिल्ने मेशिन सन्चालन गरेको कुरा फ्रेम उद्योग ब्यवस्थापन समिति संयोजक जविन ढुङ्गानाले बताए । संस्थाले उक्त उद्योग सन्चालन गरी आफ्ना सदस्य हरूलाई आफ्नै उद्योग बाट उत्पादीत फोटो फ्रेम फोटो प्रिन्ट , फे्लेक्स प्रिन्ट तथा कप प्रिन्ट सर्वसुलभ रुपमा सेवा उपलब्ध गराइरहेको छ।
साधारण सभाको अवसर पारेर बिभिन्न क्षेत्रका उत्कृष्ट कारोबारीहरूलाई तथा उत्कृष्ट कर्मचारी लाई समेत सम्मान गरेको थियो । संस्थाका अध्यक्ष खडानन्द अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका जेष्ठ सदस्य टूकलाल नेपाली प्रमूख आथितिको रुपमा रहेका थिए ,कार्यक्रममा प्रमुख अतिथिको मन्तब्य राख्दै संस्थाले पोखरा र आसपासमा रहेका फोटोग्राफर हरुको बृत्ति विकास र आर्थिक उन्नतीका लागी अहम भुमिका खेलेको बताए।
बिशेष अतिथि फोटोग्राफर संघ गण्डकीका अध्यक्ष दुर्गा प्रसाद पौडेलले यस संस्थालाई प्रदेश स्तरमा उन्नतीगरी प्रदेशभरी नै ब्यवसाय फैलाउनका लागी फोटोग्राफर संघ ग०डकी प्रदेश सहयोग गर्न प्रतिवद्ध रहेको कुरा बताए । कार्यक्रममा पोखरा फ़ोटोग्राफ़र संघका अध्यक्ष रामचन्द्र पोख्रेल ,सल्लाहकार रविनाथ दाहाल ,सल्लाहकार जिवन ढुङ्गाना सल्लाहकार संयोजक शिवहरी अधिकारी शेयर सदस्य टिकाराम पराजुली लगाएतले आ आफ्नो मन्तब्य राखेका थिए। कार्यक्रममा संस्थाको प्रगति प्रतिवेदन कोषाध्यक्षको प्रतिवेदन,अध्यक्षको प्रतिवेदनमाथी छलफल तथा पारित गरीएको थियो । कार्य समिति सदस्य पूर्ण कुमारी थापाले सहकारीका सात सिद्धान्त बाचन , स्वागत मन्तब्य उपाध्यक्ष विनोद ढकाल लेखाको प्रतिवेदन लेखा संयोजक परशुराम आचार्य र कार्यक्रम सन्चालन सचिब बिष्णुहरी अधिकारी ले गरेका थिए ।