पौष १० गते २०७९

पाण्डे बने धादिङ-पोखरा सम्पर्क समाजको अध्यक्ष

पोखरा, १० पुष ।

धादिङ-पोखरा सम्पर्क समाजको अध्यक्षमा रामप्रसाद पाण्डे (राजु) निर्वाचित भएका छन् । समाजको शनिबार सम्पन्न २४औं साधारणसभा तथा १२औं अधिवेशनले पाण्डेलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो । पाण्डे यसअघि समाजको महासचिव र कार्यसमिति सदस्य रहेर काम गरेका थिए ।

यसैगरी वरिष्ठ उपाध्यक्षमा सरस्वती श्रेष्ठ सरु, उपाध्यक्षमा तेजबहादुर नेपाली, महासचिवमा हरि पन्त, सचिवमा दिनेश तुलाधर, कोषाध्यक्षमा सुरेन्द्र विक, सहकोषाध्यक्षमा भगवती खतिवडा रहेका छन् ।

समाजका पूर्वअध्यक्ष कृष्णकुमार श्रेष्ठ संयोजक, नवराज दुवाडी, बलराम खतिवडा, कृष्णबहादुर लम्साल, झम्क सारु मगर, युवराज खतिवडा सदस्य र रामकृष्ण दुवाडी सदस्य सचिव रहेको निर्वाचन समितिले नयाँ कार्यसमिति चयन गरेको हो ।

यसैगरी कार्यसमिति सदस्यहरुमा रञ्जन अधिकारी, रमेश तिमल्सिना, बुद्धराज बस्याल, राजन श्रेष्ठ, रामहरि भट्ट, सरोज श्रेष्ठ, नारायण लम्साल र युनिक बानिया छन् ।

यसअघि साधारणसभा उद्घाटन गर्दै कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले धादिङ समाजले सामाजिक क्षेत्रमा उल्लेख्य काम गरेको बताए । उनले धादिङ समाजलाई आफूले विगतदेखि नै नियालीरहेको भन्दै आगामी थप रचनात्मक काम गर्ने विश्वास व्यक्त गरे ।

समाजका अध्यक्ष गोकर्ण लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष शम्भु अधिकारीले स्वागत, महासचिव सरस्वती श्रेष्ठ सरु र सचिव दिनेश लम्सालले कार्यक्रम सञ्चालन गरेका थिए ।