समाचार

सोसिडाडको पोष्टमा बार्सिलोनाको ६ गोल, मेस्सीको कीर्तिमान

5 years ago Samaya Dristi 0
काठमाडौं ,९ चैत । कप्तान लिओनल मेस्सीले क्लबका लागि सर्वाधिक खेल खेल्ने कीर्तिमान बनाउँदै दुई गोल गरेपछि बार्सिलोनाले स्पानिस ला लिगामा रियल सोसिडाडमाथि शानदार जित हात पारेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले सोसिडाडलाई उसैको मैदानमा ६(१ ले पराजित गरेको हो । बार्सिलोनाका लागि मेस्सीले दुई गोल गर्नुका साथै एक असिस्ट गरे । उनले थप समाचार

नयाँ महान्यायाधिवक्तामा रमेश बडाल सिफारिस

5 years ago Samaya Dristi 0
काठमाडौं ,६ चैत । नयाँ महान्यायाधिवक्तामा रमेश बडाल सिफारिस भएका छन् । प्रधानमन्त्री कार्यालयबाट महान्यायाधिवक्तामा बडालको नाम सिफारिस गरिएको हो । आजै अग्नि खरेलले महान्यायाधिवक्ताबाट राजीनामा दिएका थिए । खरेलको राजीनामा स्वीकृत भएलगत्तै बडाल नयाँ महान्यायाधिवक्ता सिफारिस भएका हुन् । बडाललाई न्यायाधिवक्ता नियुक्त गर्न राष्ट्रपति कार्यालयमा सिफारिस गरिएको हो । थप समाचार

महिलालाई जिउँदै खाल्डोमा पुरेको आरोपमा फरार डोजर चालक पक्राउ

5 years ago Samaya Dristi 0
काठमाडौं ,६ चैत । धादिङको त्रिपुरासुन्दरी–१, सल्यानटारमा डोजरको ठक्करबाट घाइते महिलालाई जिउँदै पुरेको आरोपमा एकजना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले दाङ घर भएका डोजर चालक भीमबहादुर बुढाथोकीलाई पक्राउ गरेको हो । खोल्सी जिपजिपेमा १७ फागुनमा भएको घटनामा घाँस बोकेर घरतिर फर्किँदै गरेकी ४५ वर्षीया सरस्वती कुमाल खाल्डोमा खसेकी थिइन् । थप समाचार

भाडा नबढाए सार्वजनिक यातायात ठप्प पार्ने व्यवसायीको चेतावानी

5 years ago Samaya Dristi 0
काठमाडौं,५ चैत । सार्वजनिक यातायातको भाडा नबढाए यातायात सञ्चालन गर्न नसकिने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताएका छन् ।उनका अनुसार २०६९ सालदेखि सरकारले अहिलेसम्म सार्वजानिक यातायातको भाडा नबढाएको भन्दै व्यवसायीले भाडा बढाउन माग गरेका हुन् । गाडीको पाटपूर्जा ६५ प्रतिशत र पेट्रोलियम पदार्थको ३५ प्रतिशत मूल्य वृद्धि हुँदा सार्वजनिक यातायातको भाडा भने थप समाचार

वाईसीएल ब्युँतियो, जेठमा राष्ट्रिय भेला गर्ने

5 years ago Samaya Dristi 0
काठमाडौं,५ चैत । नेकपा (माओवादी केन्द्र)को भातृ संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) नेपाल ब्युँतिएको छ । सर्वोच्च अदालतको फैसलापछि माउ पार्टी माओवादी केन्द्र पुनर्स्थापित भएसँगै वाईसीएल पनि ब्युँतिएको हो । बुधबार र बिहीबार काठमाडौंमा बसेको वाईसीएल नेपाल केन्द्रीय समितिको चौथो पूर्ण बैठकले आगामी जेठ २८ देखि ३० गतेसम्म राष्ट्रिय भेला गर्ने निर्णय गरेको छ ।भेलाले थप समाचार

गण्डकी प्रदेश खेलकुद परिषद् सदस्य सचिवमा तेज गुरुङ

5 years ago Samaya Dristi 0
पोखरा , ०२ चैत । गण्डकी प्रदेश सरकारले तेजबहादुर गुरुङलाई प्रदेश खेलकुद परिषद ९प्रखेप० सदस्य सचिव नियुक्त गरेको छ। खुला प्रतिस्पर्धात्मक आह्वानअनुसार आवेदन गरेका गुरुङलाई आइतबारको मन्त्रिपरिषद बैठकले नियुक्ति गरेको जानकारी सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले दिए। उक्त पदका लागि तेज गुरुङ र नवराज अधिकारीको आवेदन परेको थियो। गण्डकी प्रदेश खेलकुद थप समाचार

राष्ट्रपति भण्डारीले बोलाइन् सर्वदलीय बैठक

5 years ago Samaya Dristi 0
काठमाडौँ, ०२ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वदलीय बैठक बोलाएकी छन् ।मंगलबारको लागि सर्वदलीय बैठक बोलाइएको राष्ट्रपति कार्यालयले जानकारी दिएको हो । मंगलबार दिउँसो ४ बजेका लागि बोलाइएको बैठकमा पूर्वप्रधानमन्त्री र संसदमा प्रतिनिधित्व गर्ने दलका मुख्य नेतालाई आमन्त्रण गरिएको राष्ट्रपतिका संचार मामिला विज्ञ टीका ढाकालले जानकारी दिए ।समसामयिक राजनीतिक विषयमा छलफल गर्न सबै दलका मुख्य थप समाचार

नेपाल पक्षको भेला स्थगित गर्न संस्थापनको आग्रह

5 years ago Samaya Dristi 0
काठमाडौं, ०२ चैत । नेकपा एमालेको संस्थापन पक्षले असन्तुष्ट पक्षद्वारा चैत ४ र ५ गते बोलाइएको भेला स्थगित गर्न आग्रह गरेको छ । पार्टी कार्यालय धुम्बाराहीमा आज भएको बैठकमा सो आग्रह गरिएको पार्टी सचिव प्रदीप ज्ञवालीले पत्रकारहरूलाई जानकारी दिए । ‘यस्तो भेलाले पार्टी एकतालाई बल पुर्‍याउँदैन भन्ने हाम्रो धारणा हो, यही कुरा उहाँहरूसमक्ष राख्यौं,’ ज्ञवालीले थप समाचार

आर्थिक संकटका कारण यो वर्ष बुढासुब्बा गोल्डकप नहुने

5 years ago Samaya Dristi 0
विराटनगर, ०२ चैत । मोफसलकै बहुप्रतिष्ठित फुटबल प्रतियोगिता बुढासुब्बा गोल्डकपको २३औं संस्करण यो वर्ष नहुने भएको छ । धरान फुटवल क्लवको आयोजनामा २०५५ सालदेखि बुढासुब्बा गोल्डकप प्रतियोगिता धरानको एन्फा टेक्निकल सेन्छरको मैदानमा हुँदै आएको थियो । तर पहिलो पटक आर्थिक संकटका कारण चैत महिनमा सञ्चालन हुदै आएको प्रतियोगिता रोकिन पुगेको हो । कोरोना महामारीको कारण थप समाचार

तीन दिनसम्म मौसम बदली हुने,चट्याङसहित पानी पर्ने सम्भावना

5 years ago Samaya Dristi 0
काठमाडौं, ०२ चैत । तीन दिनसम्म मौसम बदली हुने भएको छ । स्थानीय र पश्चिमी वायुको प्रभावका कारण देशका केही भूभागको मौसममा बदली आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।आज सोमबार दिउँसो र राति कर्णाली, गण्डकी र प्रदेश १ सहित देशका पहाडी भूभाका केही ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको छ । ३ थप समाचार