खोप सघाउन अमेरीकाालाई राष्ट्रपतिको आग्रह

5 years ago Samaya Dristi 0
काठमाडौँ, १५ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई पत्र लेख्दै नेपाललाई खोप सहयोग गर्न अनुरोध गरेकी छन् । राष्ट्रपतिले बाइडेनलाई पठाएको पत्र अमेरिकाका लागि नेपाली राजदूत युवराज खतिवडाले त्यहाँको विदेश मन्त्रालयका वरिष्ठ सल्लाहकार इर्भिन मसिन्गालाई शनिबार हस्तान्तरण गरेका छन् यसअघि जेठ १२ गते पनि राष्ट्रपति भण्डारीले भारतका राष्ट्रपति रामनाथ कोविन्दलाई पत्राचार गर्दै थप समाचार

कोरोना महामारीका बीच पोखराका फार्मेसीहरुको अनुगमन, कैफियत गर्ने फार्मेसीलाई तीन दिन भित्र कागजात लिएर प्रसाशनमा हाँजिर हुन अनुगमन टोलीको निर्देशन

5 years ago Samaya Dristi 0
कमल पौडेल अथकपोखरा १४, जेठजिल्ला अनुगमन समिति कास्कीले कोरोना महामारीको बीचमा पोखरामा संञ्चालित फार्मेसीहरुको अनुगमन गरेको छ । समितिले हिजो पोखराका फार्मेसीहरुको अनुगमन गरेको हो ।अनुगमनका क्रममा समितिले कैफियत गर्ने केही फार्मेसीलाई तीन दिन भित्र कागजात सहित जिल्ला प्रसाशन कार्यालय कास्कीमा हाँजिर हुन निर्देशन दिएको छ । यसरी हाँजिर हुन निर्देशन दिएका फार्मेसीले पसल दर्ता थप समाचार

नेपाललाई १० लाख डोज खोप दिने चिनियाँ राष्ट्रपतिको घोषणा

5 years ago Samaya Dristi 0
काठमाडौं,१२ जेठ । चीनले नेपाललाई १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप अनुदान दिने भएको छ । बुधबार नेपाल र चीनका राष्ट्रपतिबीचको टेलिफोन कुराकानीमा चिनियाँ राष्ट्रपति सी जिनपिङले १० लाख डोज खोप दिने घोषणा गरेका हुन् । दुई राष्ट्रपतिबीचको टेलिफोन संवादपछि नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले चीनले नेपाललाई अनुदानमा खोप दिएको घोषणा गरेकी हुन् । थप समाचार

कमेडियन आदर्शका पिता विनोद मिश्रको निधन

5 years ago Samaya Dristi 0
भरतपुर, ११ जेठ । कमेडियन आदर्श मिश्राका पिता विनोद मिश्राको निधन भएको छ । उनको मंगलबार बिहान चितवनको भरतपुर अस्पतालमा निधन भएको हो । उनलाई आदर्शले सोमबार राती नारायणी अस्पतालबाट उपचारका लागि भरतपुर अस्पताल लगेका थिए । नारायणी अस्पतालमा ४ घन्टा डायलसिस गराउनुपर्नेमा ३ घन्टा मात्र गराइएको भन्दै आदर्शकले पितालाई राम्रो अस्पतालमा उपचार गराउने भन्दै थप समाचार

कास्कीमा लकडाउन उल्लंघन गर्नेलाई ५ लाखसम्म वा १ वर्षसम्म कैद

5 years ago Samaya Dristi 0
पोखरा,११ जेठ । कास्कीमा लकडाउनमा कडाई गरिएको छ । लकडाउन उल्लंघन गरेमा वा अवरोध गरेको खण्डमा ठूलो मूल्य चुकाउनुपर्नेछ । जिल्ला प्रशासन कास्कीले आज एक सूचना जारी गर्दै कुनै व्यक्तिले आदेशको उल्लघंन गरेमा एक लाख रुपैयाँसम्म जरिवाना तिर्नुपर्ने जनाएको छ । त्यस्तै, संघसंस्थाले उल्लङ्घन गरेमा ५ लाखसम्म जरिवाना तिर्नुपर्नेछ । बाधा अवरोध पुराएको खण्डमा ५ थप समाचार

माधव र झलनाथसहित ११ नेता एमालेबाट निष्काशित

5 years ago Samaya Dristi 0
काठमाडौँ, १० जेठ । नेकपा एमालेले माधवकुमार नेपाल र झलनाथ खनालसहित ११ नेतालाई निष्कासन गरेको छ । १२ जनालाई भने २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले नेपाल र खनालसँगै भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, सरला यादव, पुष्पा कर्ण, कलिला खातुन, निरादेवी जैरु, लक्ष्मी चौधरी र थप समाचार

नेपाल पक्षबाट २३ सांसदले गरे रिटमा हस्ताक्षर

5 years ago Samaya Dristi 0
काठमाडौँ, १० जेठ । शेरबहादुर देउवाका पक्षमा बहुमत रहेको र उनलाई प्रधानमन्त्री बनाउनुपर्ने दाबीसहित सर्वोच्च अदालत जान लागेका विपक्षी दलहरूले तयार पारेको निवेदनमा एमालेको माधव नेपाल पक्षका २३ सांसदले हस्ताक्षर गरेका छन् । नेपाल पक्षका नेताहरू हस्ताक्षर संकलन गरी स‌ंसद् सचिवालयमा जम्मा भइसकेका छन् । नेपाल पक्षबाट २३ जनाले हस्ताक्षर गरेको सांसद विरोध खतिवडाले जानकारी थप समाचार

जीवन राईको नेतृत्वमा निर्वाचन आयोगमा नयां पार्टी (एकीकृत) दर्ता

5 years ago Samaya Dristi 0
काठमाडौं,०९ जेठ । नेकपा एमालेका युवा नेता जीवन राईको नेतृत्वमा निर्वाचन आयोगमा नेपाल कम्युनिस्ट पार्टी ९एकीकृत० दर्ता भएको छ । वैशाख ७ गते दल दर्ताको निवेदन दिए पनि प्रमाणपत्र पाउन बाँकी रहेको छ । निर्वाचन आयोग स्रोतका अनुसार नेकपा ९एकीकृत०को उपाध्यक्षमा कल्पना गुरुङ,महासचिव विनोद खुलाल,सचिव ऐनविक्रम कुँवर र कोषाध्यक्ष सुशील खनाल रहेको पदाधिकारी दर्ता भएका थप समाचार

चुनाव गर्न समय पर्याप्त छ : निर्वाचन आयोग

5 years ago Samaya Dristi 0
काठमाडौं, ८ जेठ । निर्वाचन आयोगका पदाधिकारीले निर्वाचनका लागि सरकारले तोकेको समय पर्याप्त रहेको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँग शनिबार बिहान छलफलमा सहभागी प्रमुख आयुक्त र आयुक्तहरुले सरकारले तोकेको मितिभित्रै निर्वाचन गराउन सकिने जानकारी गराएका हुन् । आयोगका पदाधिकारीलाई शनिबार बिहान बालुवाटारस्थित निवासमा बोलाएर प्रधानमन्त्री ओलीले परामर्श गरेका थिए । परामर्शमा सहभागी एक थप समाचार

कोरोना बाट पछिल्लो २४ घण्टामा ८,८४८ जना संक्रमणमुक्त, १२९ जनाको मृत्यु

5 years ago Samaya Dristi 0
काठमाडौं, ८ जेठ । पछिल्लो २४ घण्टामा ८,८४८ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार यो संख्या एकै दिन संक्रमणमुक्त हुने अहिलेसम्मकै धेरै संख्या हो । यसअघि शुक्रबार ७,८९० जना संक्रमणमुक्त भएका थिए । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८९८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ थप समाचार