गण्डकीमा मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान

5 years ago Samaya Dristi 0
पोखरा,२८ जेठ । गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले २४ घण्टाको समय दिएर मुख्यमन्त्री नियुक्तिका लागि आधार पेश गर्न आह्वान गरेकी छन् । संविधानको धारा १६८(३) अनुसार नियुक्त मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पदमुक्त भएपछि १६८(५) अनुसार सरकार गठनको प्रक्रिया सुरु भएको हो । प्रदेश प्रमुख पौडेलले भोलि २९ गते दिउँसो ३ बजेसम्म मुख्यमन्त्री नियुक्तिका लागि आधार पेश थप समाचार

रक्सीका लागि पैसा नदिँदा गर्भवती श्रीमतीको जलाएर हत्या

5 years ago Samaya Dristi 0
सिरहा ,२४ जेठ । सिरहामा जलाएर एक महिलाको हत्या भएको छ । धनगढीमाई नगरपालिका–३ हनुमाननगर गाउँमा आठमहिने गर्भवती श्रीमतीलाई जलाएर हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन् । हनुमाननगर गाउँका २९ वर्षीय दीपेन्द्र चौधरीले गत २१ जेठको राति करिब ८ बजेतिर गर्भवती श्रीमती ३० वर्षीया पूजा चौधरीसँग रक्सीका लागि पैसा मागेका थिए । तर, पैसा थप समाचार

संसद विघटन फिर्ता भए हस्ताक्षर स्वतः फिर्ता हुन्छ – माधव नेपाल

5 years ago Samaya Dristi 0
काठमाडौं ,२४ जेठ । नेकपा एमालेका नेता माधवकुमार नेपालले संसद विघटन फिर्ता लिएमा आफूहरुले सर्वोच्च अदालतमा दायर गरेको रिटबाट हस्ताक्षर स्वतः फिर्ता हुने जवाफ दिएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई २०७५ जेठ ३ पूर्वको स्थितिमा फर्काउन आफू तयार रहेको तर सर्वोच्च अदालतमा दिएको रिटबाट हस्ताक्षर फिर्ता लिन आग्रह गरेका थिए । जवाफमा थप समाचार

कोरोनाको तेस्रो, चौथो लहर पनि आउन सक्छ – स्वास्थ्य मन्त्रालय

5 years ago Samaya Dristi 0
काठमाडौं,२१ जेठ । कोरोनाको तेस्रो र चौथो लहर पनि नेपाल आउन सक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ। त्यसका लागि अहिलेदेखि नै रोकथाम र नियन्त्रणका तयारी थाल्नुपर्ने मन्त्रालयको भनाइ छ। मन्त्रालयले कोरोनाभाइरस संक्रमणको तेस्रो र चौथो लहर आउन सक्ने भन्दै सबै अस्पतालहरूलाई कम्तिमा २० प्रतिशत शय्या बालबालिकाका लागि छुट्याउन निर्देशन दिएको छ। शुक्रबार मन्त्रालयले विज्ञप्ति थप समाचार

चार जनाबाहेक सबै मन्त्री बाहिरिने, शेरबहादुर तामाङ स्वास्थ्यमन्त्री

5 years ago Samaya Dristi 0
काठमाडौं,२१ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले हाल मन्त्रिपरिषदमा रहेका चार मन्त्री बाहेक सबैलाई हटाउने भएका छन् । अर्थमन्त्री विष्णुप्रसाद पौडेल, कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठ, शिक्षा तथा विज्ञान प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ र भौतिक पूर्वाधार मन्त्री बसन्त नेम्वाङ बाहेक सबै मन्त्री बाहिरिने भएका ओली निकट स्रोतले जानकारी दिएको छ । प्रधानमन्त्री ओलीले जनता थप समाचार

जसपाबाट को-को ले कुन- कुन मन्त्रालय पाए ?

5 years ago Samaya Dristi 0
काठमाडौं,२१ जेठ । जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्ष सरकारमा जाने भएको छ । मन्त्रीहरुको सपथ राती ८ बजे राखिएको छ । जसपा स्रोतका अनुसार वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा सरकारमा जान लागिएको हो । शरदसिंह भण्डारी, अनिल झा, लक्ष्मणलाल कर्ण, विमल श्रीवास्तव, उमाशंकर अरगरिया, चन्दा चौधरी र एकबाल मिया मन्त्री बन्नेछन् । महतो थप समाचार

चीनबाट काठमाडौं आइपुग्यो अनुदानको ८ लाख डोज खोप

5 years ago Samaya Dristi 0
काठमाण्डौं, १८ जेठ ।चीनले अनुदानमा दिएको कोरोना विरुद्धको खोप मंगलबार नेपाल आइपुगेको छ । चीनबाट पठाइएको ८ लाख डोज भेरोसेल खोप नेपाल एयरलाइन्सको विमानमार्फत काठमाडौं आइपुगेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीसँग जेठ १३ गते भएको टेलिफोन संवादमा चिनियाँ राष्ट्रपति सी चिनफिङले थप खोप सहयोग गर्ने घोषणा गरेका थिए, त्यसमध्ये ८ लाख मात्रा मंगलबार नेपाल आइपुगेको थप समाचार

एमालेले पार्टी एकताका निम्ति अन्तिम समयसम्म प्रयत्न गर्ने

5 years ago Samaya Dristi 0
काठमाण्डौं, १८ जेठ । नेकपा एमालेले पार्टी एकताको प्रयासलाई अन्तिम समयसम्म जारी राख्ने भएको छ । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले एकताको विषयमा विवेचना गर्दै एकताको प्रयासलाई अन्तिम समयसम्म प्रयत्न गर्ने निर्णय गरेको पार्टी प्रवक्ता प्रदिप ज्ञवालीले जानकारी दिए । ‘पार्टीको आन्तरिक एकतालाई सुदृढ गर्नका निम्ति भएका छलफलको बारेमा संक्षिप्त विवेचना थप समाचार

कोरोनाबाट थप ६८ जनाको मृत्यु, ६०८५ जना संक्रमित थपिए

5 years ago Samaya Dristi 0
काठमाण्डौं, १८ जेठ । नेपालमा कोरोना भाइरस संक्रमणबाट हुने मृत्यु उल्लेख्य रुपमा घटेको छ । पछिल्लो २४ घण्टामा ६८ जना संक्रमितको मृत्यु भएको छ, जुन २५ दिनयताकै कम हो । गत वैशाख २५ गते ५३ जना र २६ गते ८८ जनाको मृत्यु भएको थियो । त्यसपछि वैशाख २७ गते १३९ र २८ गते २२५ जनाको थप समाचार