विवेकशील साझा पार्टीका पूर्व संयोजक उज्वल थापाको निधन

5 years ago Samaya Dristi 0
काठमाण्डौं, १८ जेठ । कोरोना संक्रमणबाट गम्भीर बिरामी परेका विवेकशील साझा पार्टीका पूर्व संयोजक उज्वल थापाको निधन भएको छ । मेडिसिटी अस्पतालको भेन्टिलेटरमा उपचार गराइरहेका उनको मंगलबार अपरान्ह ४ बजेर २५ मिनेट जाँदा निधन भएको थापाको परिवार, साथी र शुभेच्छुकहरूको तर्फबाट जारी विज्ञप्तिमा जनाइएको छ । साथै नेपाल मेडिसिटी अस्पतालले पनि थापालाई ५ बजेर २९ थप समाचार

गण्डकी प्रदेशसभामा बजेटका प्राथमिकता

5 years ago Samaya Dristi 0
पोखरा, १७ जेठ । गण्डकी प्रदेशसभाको आजको बैठकमा आर्थिक वर्ष २०७८र७९ को बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरिएको छ । बैठकमा बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै अर्थमन्त्री किरण गुरुङले आगामी बजेट कोरोना महामारीका कारण सिर्जित चुनौतीको सामना गर्दै जनजीवनलाई समान्यीकृत बनाउन र वर्तमान सरकारले अघि सारेका विकास, सुशासन र समृद्धिको मार्गमा देखापरेका असरलाई निराकरण थप समाचार

लुम्बिनीबाट राष्ट्रियसभामा विपक्षी गठबन्धनका पाण्डे विजयी

5 years ago Samaya Dristi 0
रुपन्देही, १७ जेठ । । लुम्बिनी प्रदेशसभाअन्तर्गत रिक्त राष्ट्रियसभा उपनिर्वाचनमा विपक्षी गठबन्धनतर्फका उम्मेदवार दीर्घनारायण पाण्डे विजयी भएका छन् । पाण्डे चार हजार एक सय ४० मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्वन्दी नेकपा एमालेका चन्द्रबहादुर खड्काले तीन हजार छ सय १२ मत प्राप्त गरे । कांग्रेसका नेता पाण्डेलाई नेकपा माओवादी केन्द्र, जसपा उपेन्द्र पक्ष, थप समाचार

गण्डकीका ८५९ संक्रमणमुक्त, थप १६ जनाको मृत्यु पुष्टि

5 years ago Samaya Dristi 0
पोखरा, १७ जेठ । आइतबार गण्डकीका ५४० जनामा कोरोना पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोनासँग सम्बन्धि दैनिक विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार ६६३ जनामा गरिएको नमुना परीक्षणमा थप ५४० जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो । आज पुष्टि भएका संक्रमित प्रदेशका सबै नौ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका ७४ जना, थप समाचार

मदिरा र सुर्तीजन्य वस्तुको मूल्य बृद्धी

5 years ago Samaya Dristi 0
काठमाडौँ, १६ जेष्ठ । सरकारले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरेको बजेटले मदिरा, बियर, वाइन, चुरोट, सुर्तीजन्य वस्तु र हल्का पेय पदार्थमा अन्तःशुल्क वृद्धि गरेको छ । इन्डक्सन चुल्हो, रेफ्रिजेरेटर, ग्राइन्डर, राइस कुकर, पङ्खालगायत विद्युतीय उपकरणको मूल्य भने घट्ने भएको छ । शिशु स्वास्थ्य र पोषण प्रवद्र्धन गर्न शिशुले सेवन गर्ने दूधको भन्सार महसुल पनि थप समाचार

विपक्षी गठबन्धनको बैठक देउवा निवासमा

5 years ago Samaya Dristi 0
काठमाडौँ, १६ जेष्ठ । केपी शर्मा ओलीविरुद्ध राजनीतिक र कानुनी लडाईमा रहेका विपक्षी गठबन्धनका नेताहरुको बैठक कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा जारी छ । बैठकमा देउवाका साथै वरिष्ठ नेता रामचन्द्र पौडेल, ज्ञानेन्द्रबहादुर कार्की लगायतका नेता सहभागी छन् । त्यस्तै, माअ‍ोवादी केन्द्रका अध्यक्ष प्रचण्ड, कृष्णबहादुर महरा, देव गुरुङ लगायत सहभागी छन् ।नेकपा एमालेबाट निष्कासित नेता माधवकुमार थप समाचार

संसद विघटनविरूद्धका मुद्दामा आज पनि सुनुवाइ हुँदै

5 years ago Samaya Dristi 0
काठमाडौँ, १६ जेष्ठ । प्रतिनिधिसभा विघटनविरूद्ध परेका मुद्दाको आज पनि संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ। शुक्रबार पहिलो सुनुवाइ भएका मुद्दाहरूमा बहस नसकिएकोले आज पनि सुनुवाइ हुन लागेको हो।संवैधानिक इजलासमा प्रतिनिधि सभा विघटनसम्बन्धी ३० वटा रिट दर्ता भएका छन्। इजलासले एउटा रिटमा १० मिनेटसम्म बहस गर्न सकिने गरी समय दिएको छ। सरकारको सिफारिसमा जेठ ७ गते मध्यराति थप समाचार

बजेटले के–केमा कर बढ्यो, के–केमा घट्यो ?

5 years ago Samaya Dristi 0
काठमाडौँ, १५ जेठ । आर्थिक वर्ष २०७८–७९ को बजेट प्रस्तुत गर्दै नेपाल सरकारका अर्थमन्त्री विष्णु प्रसाद पौडेलले कोरोना संक्रमण जोखिमका कारण कृषि, उद्योग तथा सेवा व्यवसायको पुनरुत्थान हुने गरी करका दर समायोजन छुट तथा सहुलियत प्रदान गरेको जनाएका छन् । बजेटमार्फत सरकारले लघु, घरेलु तथा साना उद्योग, कृषि, पशुपन्छीपालन, पशु उपचार र मास्क बनाउने उद्योगले थप समाचार

सरकारले ल्यायो १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट

5 years ago Samaya Dristi 0
काठमाडौँ, १५ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०७८र७९ का लागि लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्याएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको वार्षिक आयव्यय विवरण प्रस्तुत गर्दै यस्तो जानकारी गराएका हुन् । सरकारले चालु आर्थिक वर्षको तुलनामा १ खर्ब ७२ अर्ब ९३ करोड रुपैयाँ बढी आकारको बजेट ल्याएको थप समाचार

उज्वल थापाको परिवारले दुर्गा प्रसाईको सहयोग नलिने

5 years ago Samaya Dristi 0
काठमाडौँ, १५ जेठ । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्वल थापाको परिवारले बीएण्डसी मेडिकल कलेजका कार्यकारी निर्देशक दुर्गा प्रसाईले दिने भनेको सहयोग अस्वीकार गरेका छन् । कोरोना संक्रमणबाट गम्भीर बिरामी परेपछि मेडिसिटी अस्पतालमा उपचाररत थापाको उपचारमा भइरहेको छ । उनको औषधी उपचारलगायतमा लागेको सबै खर्च बीएण्डसी मेडिकल कलेजले व्यहोर्ने दुर्गा प्रसाईले घोषणा गरेका थिए । थापाको थप समाचार