जेठ १४ गते २०७८
कोरोना महामारीका बीच पोखराका फार्मेसीहरुको अनुगमन, कैफियत गर्ने फार्मेसीलाई तीन दिन भित्र कागजात लिएर प्रसाशनमा हाँजिर हुन अनुगमन टोलीको निर्देशन
कमल पौडेल अथक
पोखरा १४, जेठ
जिल्ला अनुगमन समिति कास्कीले कोरोना महामारीको बीचमा पोखरामा संञ्चालित फार्मेसीहरुको अनुगमन गरेको छ । समितिले हिजो पोखराका फार्मेसीहरुको अनुगमन गरेको हो ।
अनुगमनका क्रममा समितिले कैफियत गर्ने केही फार्मेसीलाई तीन दिन भित्र कागजात सहित जिल्ला प्रसाशन कार्यालय कास्कीमा हाँजिर हुन निर्देशन दिएको छ । यसरी हाँजिर हुन निर्देशन दिएका फार्मेसीले पसल दर्ता नगरेको, भ्याट विल जारी नगरेको, मनोमानी ढंगले उपभोक्ता तथा सरकारलाई ठगी गरेको अनुगमन समितिले जानकारी दिएको छ ।
कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेलको नेतृत्वमा निस्केको अनगमन टोलीले सो निश्कर्ष निकालेको हो ।
उनले महामारीका बीचमा कालोबजारी गर्नेलाई ठाउँका ठाउँ कारवाही गर्ने वताए । यो महामारीको बेला हो यो बेला कसैले बद्नियत काम गर्छ भने त्यस्तालाई छुट नहुने र कानून अनुसार कारवाही हुने उनले वताए ।
पोखराको रामघाट स्थित गण्डकी हस्पिटल चोकमा सञ्चालित चुन चुन फार्मेसीले यही जेठ ५ गते नक्कली विल प्रयोग गरी अक्सिजन माक्सको विक्री गरेको पाइएको छ । सो फार्मेसीले भ्याट विल प्रयोग नगरी नक्कली विजक प्रयोग गर्दै एक वट्टा माक्सको ८ हजार भन्दा वढीमा विक्री गरेको अनुगमन समितिले फेला पारेको छ । त्यसैगरी अधिकांशले फार्मेसी दर्ता नगरी सञ्चालन गरेको समेत भेटिएको छ ।
अनुगमन टोलीमा सहायक प्रजिअ श्रीनाथ पौडेल, प्रशासकीय अधिकृत घनश्याम गौतम, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक खगेन्द्र अधिकारी,उपभोक्ता हित संरक्षण निर्देशनालयका अधिकृत भरतमणि वराल, बरिष्ट फार्मेसी अधिकृत सुस्मिता शर्मा, सिनियर अहेव अधिकृत अर्जुनवहादुर खत्री क्षेत्री, जनस्वास्थ्य कार्यालयका अधिकृत प्रकाश गौतम, उपभोक्ता मञ्च कास्कीका सचिव कमल पौडेल अथक लगायत सहभागी थिए ।