संखुवासभा हत्याकाण्ड : थप चारजना सार्वजनिक

5 years ago Samaya Dristi 0
संखुवासभा, ४ असोज । संखुवासभाको मादी नगरपालिका-१ उम्लिङ खोला गाउँमा ६ जनाको सामूहिक हत्यामा संलग्न भएको आरोपमा थप चारजना पक्राउ परेका छन् । प्रहरीले घटनास्थल मादी-१ उम्लिङ खोला गाउँबाट हत्याकाण्डका मुख्य योजनाकार ४७ वर्षीय खड्गबहादुर कार्की,२८ वर्षीय हस्तबहादुर कार्की, ४९ वर्षीय रणबहादुर कार्की र १७ वर्षीय नरेश कार्कीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी लालध्वज सुवेदीले जानकारी थप समाचार

फोटोपत्रकार सम्मानित

5 years ago Samaya Dristi 0
नेपाल भुतपूर्व खेलाडी मञ्च ले फोटोपत्रकारीताको माध्यमवाट नेपाली खेलकुदलाई राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा प्रचार प्रसार साथै खेलकुदको विकास मा पुर्याएको योगदानको कदर गर्दै फोटोपत्रकार राम गुरुङ्गलाई सम्मान गरेको छ । आज भएको साधारण सभामा गण्डकी प्रदेशका मुख्यमन्त्रि कृष्णचन्द्र नेपाली पोखरेल ले दोसल्ला ,सममान पत्र र रु १०००० नगद ले सम्मान गरेका हुन । थप समाचार

‘वीर योद्धा’ लाई प्रदर्शनमा रोक

5 years ago Samaya Dristi 0
काठमाडौं,३ असोज । फिल्म ‘वीर योद्धा’ लाई प्रदर्शनमा रोक लागेको छ । चलचित्र सेन्सर बोडले फिल्म हेर्दै प्रदर्शनको बिषयमा गृहले हेरेपछि मात्र निर्णय गर्ने बताएका हो । शुक्रबारबारबाट डिसहोम च्यानलबाट डिजिटल रिलिज गर्ने उद्देश्यका साथ बिहिबार सेन्सर पुगेको फिल्म सेन्सरले गृहले नहेरी रिलिजको बिषयमा अनुमति नदिने भन्दै रोक लगाइएको निर्माता किसान पोखरेलले बताए । ‘फिल्मको कथावस्तु थप समाचार

आज राति प्रदेश १, बागमती र गण्डकीमा भारी वर्षाकाे सम्भावना

5 years ago Samaya Dristi 0
काठमाडौं, ३ असोज । आइतबार राति मुलुकका केही स्थानमा भारी वर्षाको आँकलन गरिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार राति प्रदेश १, बाग्मती र गण्डकीका केही स्थान र अन्य प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा सम्भावना छ। तर, प्रदेश १, बागमती र गण्डकीका एक/दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ । सोमबार थप समाचार

अफगान विद्यालयमा छात्रालाई पढ्न निषेध

5 years ago Samaya Dristi 0
काबुल, ३ असोज । लामो समयपछि खुलेका अफगानिस्ताका माध्यामिक विद्यालयमा छात्रालाई पढ्न निषेध गरिएको छ । विद्यालयमा छात्र र पुरूष शिक्षकहरूलाई मात्र अनुमति दिइएको छ । आफूहरूलाई विद्यालय जान रोकेपछि अधिकांश अफगान छात्रा विक्षिप्त बनेका छन् ।  समूहले मुस्लिम धार्मिक कानूनको थप अध्ययन र व्याख्या गरेर महिलालाई पढ्न अनुमति दिइने तालिवान अधिकारीहरूले बताएका छन् । थप समाचार

आईसीसी विश्वकप क्रिकेट लिग–२ : नेपाल ओमान भिड्दै

5 years ago Samaya Dristi 0
काठमाडौं, ३ असोज  ।  आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय शृंखलामा नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दैछ । आइतबार नेपालले अल अमिरात क्रिकेट मैदानमा दोस्रो पटक घरेलु टोलीको सामना गर्न लागेको हो । नेपाल र ओमानबीचको खेल केलुकी ४ः१५ बजे सुरु हुनेछ ।  यसअघि ओमानसँग पराजित भएको नेपाल बदला लिने योजनासहित मैदान उत्रने छ । थप समाचार

थारू समुदायले संविधान दिवसलाई कालाे दिनका रुपमा मनाउने

5 years ago Samaya Dristi 0
धनगढी, ३ असोज ।  देशभर संविधान दिवस मनाइरहँदा कैलालीमा थारू समुदायले भने यस दिनलाई कालो दिनका रुपमा मनाउदै संविधान जलाउने भएका छन् ।  संविधानमा आफ्ना अधिकार नसमेटेकाले संविधानको धारा २ सय ७४ र अनुसुचि ४ जलाउएर कालो दिन मनाइने थारू कल्याणकारिणी सभा कैलालीका अध्यक्ष माधव थारूले बताए । ‘विगतदेखि नै हामीले संविधान दिवसलाई कालो दिनका रुपमा थप समाचार

पोखरामा के हुन्छ अल्ट्रालाइट प्याराग्लाइडिङको भविष्य ?

5 years ago Samaya Dristi 0
पोखरा, ३ असोज ।  तत्कालीन रसियन नागरिक नतासालाई पर्यटनले पोखरा तान्यो । नेपालमै बिहे गरिन्, यतै पर्यटक तान्ने गतिविधि गर्न थालिन् ।  पहिलो पटक सन् १९९६ मा उनले पोखरामा एभिया क्लब जन्माइन् र अल्ट्रालाइटमार्फत पर्यटकले आकाशबाट पोखरा घुम्न पाउने भए । अहिले पोखरामा तीनवटा अल्ट्रालाइट कम्पनी सञ्चालनमा छन् । विगत पाँच वर्षदेखि जाइरोकोप्टर पनि उड्न थप समाचार

लमजुङका किसानलाई अलैंची टिप्न भ्याइनभ्याई

5 years ago Samaya Dristi 0
लमजुङ ३ असोज । लमजुङका किसान अलैंची टिप्न व्यस्त छन् । अलैंची पाकेपछि किसानहरू टिप्न, छोडाउन र सुकाउन व्यस्त बनेका हुन् । अलैंची टिप्ने सिजन भएकोले सहर झरेकाहरु पनि गाउँ फर्किएका छन् । विशेषगरी कोरोनाका कारण पनि सहर बस्नेहरू गाउँ फर्किएर कृषि कर्ममा व्यस्त भएको मर्स्याङ्दी गाउँपालिका- ६ बाहुनडाँडाका अलैंची कृषक लोकनाथ घिमिरेले बताए । जिल्लाका अलैंची थप समाचार

कमेडी च्याम्पियन बने भरतमणि पौडेल

5 years ago Samaya Dristi 0
काठमाडौं, ३ असोज । कमेडी च्याम्पियन सिजन–२ को विजेता भरतमणि पौडेल बन्न सफल भएका छन् । शनिबार राति सम्पन्न ग्राण्ड फिनालेमा सबैभन्दा बढी भोट प्राप्त गरेको आधारमा पौडेल विजेता घोषित भएका हुन् । कमेडी च्याम्पियन सिजन-२ को वजेता भएसँगै भरतमणिले डाट्सनको कार र नगद २५ लाख रुपैयाँ प्राप्त गरेका छन् । पूर्व सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटा थप समाचार