असाेज ३ गते २०७८

‘वीर योद्धा’ लाई प्रदर्शनमा रोक

काठमाडौं,३ असोज । फिल्म ‘वीर योद्धा’ लाई प्रदर्शनमा रोक लागेको छ । चलचित्र सेन्सर बोडले फिल्म हेर्दै प्रदर्शनको बिषयमा गृहले हेरेपछि मात्र निर्णय गर्ने बताएका हो । शुक्रबारबारबाट डिसहोम च्यानलबाट डिजिटल रिलिज गर्ने उद्देश्यका साथ बिहिबार सेन्सर पुगेको फिल्म सेन्सरले गृहले नहेरी रिलिजको बिषयमा अनुमति नदिने भन्दै रोक लगाइएको निर्माता किसान पोखरेलले बताए । ‘फिल्मको कथावस्तु निकै गम्भिर खालको छ ।

फिल्म पहिले गृह मन्त्रालयलाई देखाएर ल्याउनुहोस् । अनि मात्रै हामी सेन्सर गर्छाै । नत्र सेन्सर गर्न सकिदैन भन्ने कुरा सेन्सर बोर्डले गरेको छ’ निर्माता पोखरेलले भने ‘यो फिल्म प्रदर्शनमा रोक नै लगाइएको हो ।’ ‘सेन्सरलाई फिल्म आफैले हेरेर काँटछाँट गरेर प्रदर्शन अनुमति दिने अधिकार छ । किन गृह पठाउनुपर्यो’ पोखरेलले थपे । उद्धव अविदितको निर्देशन रहेको फिल्मले द्धन्दका विषय उठान गरेको छ ।

सोही बिषय गृहले निर्णय गर्ने भन्दै प्रदर्शनमा रोक लगाइएको हो । सेन्सर हुन नसकेपछि फिल्म आज शुक्रबारबाट डिस होममा रिलिज हुने भनिएपनि रिलिज हुन सकेन ।