फोटोग्राफर संघ गण्डकी को चौथो वार्षिकोत्सव संगै फोटोग्राफी अवार्ड वितरण (फोटो फिचर)
पोखरा, २० भदौ फोटोग्राफर संघ गण्डकीले आफ्नो चौथो वार्षिकोत्सव को अवसर पारेर अनलाइन फोटो प्रतियोगिता तथा मिराज राष्ट्रिय विवाह फोटो प्रतियोगिताका विजेतालाई सोमबार अवार्ड वितरण गरेको छ । यही भाद्र ३ गते १८३ औं विश्व फोटोग्राफी दिवसको अवसर पारेर आयोजना गरएिको प्रकृति तथा ल्यान्डस्केप अनलाईन फोटो प्रतियोगिता भाद्र १५ गते सम्म चलेको थियो ।
उक्त प्रतियोगितामा पर्वतका समीर रेग्मी विजेता बनेका छन् । प्रकृति तथा ल्यान्डस्केप विधामा उनको तस्बिर उत्कृष्ट घोषित भएको थियो । उनले उत्कृष्ट तस्बिरका लागि ५ हजार एक रुपैयाँ,प्रमाणपत्र र ट्रफी पुरस्कार पाए ।
सोही विधामा रञ्जित गुरुङ, नारायणहरि अधिकारी, कुलराज चौधरी, बब शाही र सन्देश उदासका तस्बिर उत्कृष्ट ५ भित्र पर्न सफल भएको संस्थाका सचिव तुलसीराम सुवेदीले जानकारी दिए । यसै गरी, विवाह फोटो प्रतियोगितामा उदय थुलुङलाई उत्कृष्ट तस्बिरको अवार्ड प्रदान गरियो । उनले ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार प्रमाणपत्र र ट्रफी पाए ।
उक्त विधामा अमीत रञ्जित, सञ्जय गौतम, सन्देश उदास, दीपेन्द्र बुढाथोकी र निरोज भण्डारी उत्कृष्ट ५ भित्र पर्न सफल भए । यो पुरस्कार सञ्चालनका लागि संघका सदस्य भक्त तामाङले २ लाख रुपैयाँको अक्षयकोष स्थापना गरिदिएका छन् । उनी विवाह फोटो प्रतियोगिता पुरस्कार समिति संयोजक पनि हुन् ।
यसअघि, वष्ठि कलाकार एवं कार्टुनिष्ट दुर्गा बरालले कार्य क्रम उद्घाटन गर्दै राम्रो फोटो खिच्नु पनि एउटा रचनात्मक काम भएको बताए । फोटोग्राफीे काममा सिर्जनशीलता आवश्यकता पर्ने र कला झल्किनु पर्ने भन्दै उनले आफू पनि तस्बिर खिच्ने कार्यका लागि सौखिन व्यक्ति भएको बताए । आयोजक स ंघका अध्यक्ष दुर्गाप्रसाद पौडेलले विवाहसम्बन्धी फोटो प्रतियोगिता बर्षै भरी निरन्तर चलिरहने कार्यक्रम भएका े बताउँदै यसमा भाग लिन सबै फोटोग्राफरहरुसँग आग्रह गरे। प्रतियोगितामा भाग लिएर फोटोग्राफीको क्षेत्रमा अघि बढ्न मद्दत पुग्ने विश्वास पनि उनले सो अवसरमा दिलाए । उक्त कार्यक्रममा अक्षयकोष दाता भक्त तामाङलाई सम्मान गरीएको थियो , पोखरा फोटोग्राफर संघको नवनिर्वाचित पदाधिकारीलाई सम्मान गरिएको थियो ।
सो अवसरमा फोटोग्राफर संघ गण्डकी का उपाध्यक्ष नारायण के.सी.ले स्वागत स ंघका सल्लाहकार गणेश छवि, पोखरा फोटोग्राफर संघका अध्यक्ष रामचन्द्र पोखरेल,कैलाश बचत तथा ऋण सहकारी संस्थाका बिनोद ढकाल फोटो पत्रकार एवं जुरि टिमका राम गुरुङ, फोटो संकलक सुनिल उलक, एभरेष्ट एफ एम का निर्देशक दिपेन्द्र श्रेष्ठ,नेपाल पत्रकार महासंघ गण्डकीका महासचिव गोविन्द सुवेदी, नेपाल पत्रकार महासंघ कास्कीका कार्यवाहक अध्यक्ष रामप्रसाद तिमिल्सेना, फोटोग्राफी शिक्षा तथा तालिम संयोजक घनश्याम पौडेल ले आ–आफ्नो भनाइ राखेका थिए । संस्थाका अध्यक्ष दुर्गा प्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रम संचालन संस्थाका सचिव तुलसीराम सुवेदीले संचालन गरेका थिए ।
काठमाडौँ,२१ फागुन । प्रहरी स्कर्टिङमा काठमाडौँ आइपुगेका नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव प्रधानमन्त्रीलाई भेट्न वालुवाटार पुगेका छन्। दिउँसो सभागृहमा आयोजना हुने हस्ताक्षर समारोहमा पुग्नु अघि विप्लव...
Read More
पोखरा, १९ चैत । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्ने १० औं संस्करणको पोखरा स्पोर्टस् अवार्डलाई गुरुङ गहना घर प्रालिले साथ दिएको छ । उक्त कम्पनीले पोखरा स्पोर्टस्...
Read More
फल्गुन १०, २०७८ , जय प्रकाश साईकल सिटी पोखराको आयोजना तथा UK AID को सहयोगमा सन्चालित सुदृध परियोजनाको सहकार्यमा बेलायती राजदुत निकोला पोलिटले ८५ कि.मि. साईकल रुट अन्तर्गत १०...
Read More
१० असार ,लमजुङ लमजुङका पुराना फोटोग्राफर दिनेश कुमार श्रेष्ठ शनिबार एक कार्यक्रमका बिच सम्मानित भएका छन् । लमजुङ फोटोग्राफर संघको तेस्रो साधारण सभाका अवसरमा श्रेष्ठलाइ सम्मान गरिएको हो ।...
Read More